निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,५९१ मत २८,०४५
निर्वाचन क्षेत्र महोत्तरी-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२१-०२-१६ ( ६१ वर्ष )
बाबु, आमा रामसुन्दर महतो
पारिवारिक विवरण श्रीमती र छाेरा २
ठेगाना महोत्तरी गौशाला नगरपालिका निगौल
हालको ठेगाना गाैशाला-२ महाेतरी
शिक्षा SLC
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

2079 सालमा नेकपा ऐमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित

संसदीय यात्रा

प्रतिनिधि सभा निर्वाचन, २०७९ मा महोत्तरी १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । निर्वाचनमा २३४०२ मत हासिल गरेका थिए।

राजनीतिक घटनाक्रम

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेका कारण प्रतिनिधि सभामा निर्वाचित भएका महतो लामो समय सम्म संसद् पस्न पाएनन् । महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले २०८० मंसिर २८ गते सशस्त्र प्रहरीका असई थमन विकको हत्या लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको थियो । ०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिइ लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।