महिन्द्र राय यादव

महिन्द्र राय यादव

८,५२३ ३३,९८९
( पराजित )

परिचय

जनता समाजवादी पार्टीबाट अलग्गिएर माओवादी केन्द्रको एकल चुनावी चिन्हबाट सर्लाही २ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धी बनेका महिन्द्र राय यादव २०७४ मा यसै क्षेत्रबाट निर्वाचत भएका थिए । २०५१ देखि नै संसदीय यात्रा गरिरहेका यादव सिंचाई, उद्योग, सामान्य प्रशासन लगायत मन्त्री भइसकेका छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,५२३ मत ३३,९८९
निर्वाचन क्षेत्र सर्लाही-२ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२३,५२९ मत
निर्वाचन क्षेत्र सर्लाही-२ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२९,१९१ मत
निर्वाचन क्षेत्र सर्लाही-२ ( मधेस प्रदेश )
राजनीतिक दल राजपा
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति १९९४-०१-२४ ( ८८ वर्ष )
जन्मस्थान सर्लाही
बाबु, आमा शुभ करण यादव / चुलिया देवी
पारिवारिक विवरण २ श्रीमती, ३ छोरा, ३ छोरी
ठेगाना सर्लाही हरिपुर्वा नगरपालिका
शिक्षा एस.एल.सी. उतिर्ण
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३७ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिई राजनीतिक यात्रा प्रारम्भ । एमालेमा केन्द्रीय सदस्य र पार्षद । २०६२/०६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी स्थापना र महासचिव । तमलोपा परित्याग गरी तराई मधेश सद्भावना पार्टीको स्थापना र नेतृत्व गर्दै राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य ।

संसदीय यात्रा

मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित । २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही ४ बाट विजयी । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सर्लाही २ बाट निर्वाचित । हाल विकास तथा प्रविधि समिति सदस्य ।

कार्यकारी जिम्मेवारी

२०५४ सालमा राज्यमन्त्री । २०६४ मा सिँचाइमन्त्री । ०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी ।