वालेन्द्र शाह

वालेन्द्र शाह

६८,३४८ ४९,६१४
( निर्वाचित )

परिचय

बालेन्द्र शाह नेपाली राजनीतिज्ञ, र्‍यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक तथा इन्जिनियर हुन् ।  उनी वि.सं. २०७९ जेठदेखि २०८२ माघ ४ सम्म काठमाडौँ महानगरपालिकाका नगरप्रमुखका रूपमा कार्यरत रहे ।  उनको जन्म काठमाडौंको नरदेवीमा रैथाने मधेशी परिवारमा भएको हो ।  उनका पिता डा. रामनारायण शाह आयुर्वेदिक चिकित्सक हुन्् । उनको हालै निधन भयो । बालेन्द्रले हृवाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालय बाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार तथा नक्सा निर्माण कार्यमा सक्रिय भूमिका खेलेका थिए ।  सानैदेखि सङ्गीत र कवितामा रुचि राख्ने बालेनले वि.सं. २०६९ मा ‘सडक बालक’ नामक पहिलो गीत सार्वजनिक गरेका थिए । सुरुमा विवेकशील पार्टीप्रति आकर्षित भए पनि उनले स्वतन्त्र उम्मेदवारका रूपमा वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विजयी भएका थिए ।    

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६८,३४८ मत ४९,६१४
निर्वाचन क्षेत्र झापा-५ ( कोशी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४६-१०-२५ ( ३६ वर्ष )
जन्मस्थान काठमाडौँ
बाबु, आमा राम नारायण शाह
ठेगाना काठमाडौं काठमाडौँ महानगरपालिका
शिक्षा BTU
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

संसदीय यात्रा

छैन

कार्यकारी जिम्मेवारी

प्रमुख, काठमाडौ महानगरपालिका