निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५,७३३ मत २३,४०९
निर्वाचन क्षेत्र काठमाडौं-४ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२५-०३-२९ ( ५७ वर्ष )
जन्मस्थान सिन्धुपाल्चोक जिल्ला सिन्धुकोट गाउँ
बाबु, आमा टंक नाथ भट्टराई / मनमाया भट्टराई
ठेगाना काठमाडौं काठमाडौँ महानगरपालिका गणेश मार्ग
हालको ठेगाना काठमाडौँ महानगरपालिका, वडा नं. ७, चाबहिल, बुलबुले
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले स्थायी कमिटी सदस्य ।

संसदीय यात्रा

२०७४ र २०७९ मा काठमाडौं ४ बाट कांग्रस सभापति गगन थापासंग पराजित ।

कार्यकारी जिम्मेवारी

२०६६/०६७ मा प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार - २०७४ सालमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका परराष्ट्र सल्लाह

राजनीतिक घटनाक्रम

उनी ०३७/०३८ देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरूबाट सङ्गठनप्रति भई अनेरास्ववियुमा आबद्ध । २०४१ सालमा पहिलो पटक गिरफ्तार । २०४१ सालदेखि २०४६ सालबीच १२ पटक गिरफ्तार । गिरफ्तारकै क्रममा २०४२ सालमा ८ महिना जेल जीवन । २०४४ सालमा ४ महिनाको जेल सजाय । २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा उपत्यकामा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन भूमिगत रूपमा नेतृत्वकारी भूमिका खेलेको अभियोगमा पञ्चायती शासनको वारेन्टमा । २०६२–०६३ सालको जनआन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत शाही शासनको वारेन्टमा ।