Election Results

Election date 5 March 2026
Total Votes
1,922 votes 28,815
Electoral Constituency Kathmandu-5 ( Bagmati )
Political Party Rastriya Prajatantra Party
Election Result Defeated

Basic Information

Birth Date 2012-04-20 ( 70 years )
Father, Mother छत्र बहादुर थापा
Address काठमाडौं काठमाडौँ महानगरपालिका
Education स्नाकोत्तर
Election System Direct

Political Affiliation

राष्ट्रिय प्रजातन्त्र पार्टी

Parliamentary Journey

२०४३: पञ्चायत कालमा राष्ट्रिय पञ्चायत सदस्य (मकवानपुरबाट)। २०५१: प्रतिनिधि सभा सदस्यमा मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित। २०५६: मकवानपुर १ बाटै पुनः निर्वाचित। २०६४: संविधान सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सदस्य। २०७०: दोस्रो संविधान सभामा राप्रपा नेपालको तर्फबाट समानुपातिक सदस्य (उहाँको पार्टी चौथो ठूलो दल बनेको थियो)। २०७४: मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित (कृष्णप्रसाद दहालसँग)। २०७९: मकवानपुर १ बाटै 'सूर्य' चिह्नमा चुनाव लड्दा पराजित।

Executive Opportunity

पञ्चायत काल: वन तथा भू-संरक्षण राज्यमन्त्री र सञ्चार मन्त्री (२०४० को दशक)। २०५२: शेरबहादुर देउवाको सरकारमा कानुन तथा न्याय मन्त्री। २०५३: लोकेन्द्रबहादुर चन्दको सरकारमा आवास तथा भौतिक योजना मन्त्री। २०५४: सूर्यबहादुर थापाको सरकारमा परराष्ट्र मन्त्री। २०६०: सूर्यबहादुर थापाकै सरकारमा सूचना तथा सञ्चार मन्त्री। २०६२: राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गृहमन्त्री (यो कार्यकाल निकै विवादित र चर्चामा रह्यो)। २०७२ (असोज २६): केपी शर्मा ओलीको पहिलो सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री। २०७३ (फागुन): पुष्पकमल दाहाल 'प्रचण्ड' को सरकारमा उपप्रधानमन्त्री तथा संघीय मामिला र स्थानीय विकास मन्त्री। २०७४ (असोज २७): शेरबहादुर देउवाको सरकारमा उपप्रधानमन्त्री (बिना विभागीय) र पछि ऊर्जा मन्त्रालयको जिम्मेवारी।

Political Events

२०२७: राष्ट्रवादी विद्यार्थी मण्डलमा आबद्ध भई राजनीति सुरु गरे। २०३७: संविधान सुधार सुझाव आयोगको सदस्य बने। २०४७: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापक सदस्य र प्रवक्ता बने। २०६२/६३: राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा शक्तिशाली गृहमन्त्रीको भूमिका निर्वाह गरे। २०६३: राप्रपा नेपालको अध्यक्ष बने। २०७३: राप्रपा र राप्रपा नेपालको एकता पछि एकीकृत पार्टीको अध्यक्ष बने। २०७८ फागुन: राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि पार्टी परित्याग गरी राप्रपा नेपाल पुनर्गठन गरे। २०८२ पुस: राप्रपा नेपाललाई पुन: राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गराई पार्टीमा फर्किए (हाल उनी पार्टीको दोस्रो वरीयतामा छन्)।