उदय शम्शेर राणा

उदय शम्शेर राणा

१३,५२० ९,८५३
( पराजित )

परिचय

२०६४ साल देखि यता भएका प्रत्येक संसदीय निर्वाचनमा उनी उम्मेदवार बन्दै आएका छन् । यो उनको पाँचौं पटकको उम्मेदारी  हो । यसअघि प्रतिस्पर्धा गरेको चार वटा संसदीय निर्वाचनमध्ये ०६९ र ०७९ को चुनावमा मात्रै जितेका हुन् । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा  पराजित भएका थिए । ०६९ काे दाेश्राे संविधान सभा निर्वाचनमा विपक्षीलाई झण्डै आठ हजार मत अन्तरले हराउदै विजयी भएका थिए । ०७४ मा नेकपा एमाले र माओवादीवीचको बाम गठबन्धनका उम्मेदवार नवराज सिलवालसँग ६ हजारको अन्तरले पराजित भएका थिए । सिलवाललाई उनले ०७९को निर्वाचनमा ४ हजार ६ सयको अन्तरमा हराए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१३,५२० मत ९,८५३
निर्वाचन क्षेत्र ललितपुर-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२६-११-१६ ( ५६ वर्ष )
बाबु, आमा सागर शम्शेर राणा / बृन्दा राणा
ठेगाना ललितपुर ललितपुर महानगरपालिका कोपुण्डोल
शिक्षा माध्यमिक शिक्षा : भारतको दार्जिलिङस्थित एसटी जोसेफ कलेज नर्थ प्वाइन्ट र उच्च शिक्षा लवरेन्स स्कुल सनवार, स्नातक तह दिल्ली विश्वविद्यालय अन्तर्गतको एसटी स्टेफेन कलेज, र स्नातकोत्तर अमेरिकाको न्युयोर्कस्थित कोर्नेल युनिभर्सिटी इटहाबाट पूरा गरेका हुन् ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

सहमहामन्त्री, नेपाली काँग्रेस

संसदीय यात्रा

२०६४ साल देखि यता भएका प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवार वन्दै आएका छन् । यो पटक उनको उम्मेदारी पाँचौ पटक हो ।

कार्यकारी जिम्मेवारी

पूर्व अर्थराज्यमन्त्री

राजनीतिक घटनाक्रम

नेपाल तरुण दलको पूर्वअध्यक्ष