परिचय
वि.सं. २०५६ सालमा केएटिएच एफएम र इमेज च्यानल टेलिभिजनमार्फत सुरु भएको उनको सञ्चार यात्रा २५ वर्षसम्म रह्यो । २०५९ असार २९ गतेदेखि उनी निरन्तर इमेज च्यानलसँग आबद्ध थिए । उनको 'ती दिन', 'टक अफ द टाउन' र 'हट सिट' कार्यक्रम लोकप्रिय रह्यो । इमेज च्यानलको 'हट सिट' कार्यक्रम मार्फत उनले नागरिकका सवाल उठाएका थिए । जेन–जी आन्दोलनपछि बनेको सरकारमा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पनि करिब चार महिनासम्म सम्हाले ।
ललितपुर-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
३९,४९१ मत
३२,०७१
|
| निर्वाचन क्षेत्र | ललितपुर-२ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०३९-०४-२२ ( ४३ वर्ष ) |
| जन्मस्थान | दोलखा |
| बाबु, आमा | सिद्धि प्रसाद खरेल / स्वर्गीय मदनकुमारी खरेल |
| पारिवारिक विवरण | श्रीमती; डा. शुप्रभा केसी (एमडी) छोरा: श्रीभिक खरेल (२ बर्ष) |
| ठेगाना | कालिञ्चोक गाउँपालिका,सुनखानी भदौरे, दोलखा |
| हालको ठेगाना | महालक्ष्मी नगरपालिका वडा नं. ३ बोजेपोखरी, ललितपुर |
| शिक्षा | उनले कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । आरआर क्याम्पस, भृकुटीमण्डपबाट पत्रकारितामा आईएदेखि एमएसम्म अध्ययन पूरा गरे । हाल अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (एजम्) अध्ययनरत छन् । |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
रास्वपा
कार्यकारी जिम्मेवारी
पुर्व सञ्चार तथा सूचना प्रविधि (२०८२ असोज ६ देखि २०८२ माघ २५)