माधव सापकोटा

माधव सापकोटा

१७,३२७ ७,०८५
( पराजित )

परिचय

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा पहिलो पटक सिन्धुपाल्चोक–१ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धी छन् । पूर्वसभामुख अग्नि सापकोटालाई विश्राम दिएर सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सापकोटा एमालेका नेता सरेश नेपालसँग चुनावी मैदानमा छन् । ०५२ सालमा अर्धभूमिगत माओवादी नेतालाई पक्राउ गर्न आएका प्रहरीलाई कुविण्डेका स्थानीयले गरेको विद्रोहबीच एक प्रहरीको ज्यान गयो । माओवादी केन्द्रका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाका भतिजा सुबोध त्यतिबेला कलिलै उमेरदेखि विद्रोहमा होमिएका थिए । २०५२ सालको जनयुद्धमा भूमिगत भएका उनी १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल क्रान्तिकारी बाल इकाई समितिमा संगठित / क्षेत्रिय समिति सदस्य भए । ०५६ साल माघमा भूमिगत माओवादी आन्दोलनमा सहभागी । ०६३ मा चौतारा आक्रमणका कमाण्डर बनेका उनी गम्भीर घाइते भएका थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१७,३२७ मत ७,०८५
निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३०,३७४ मत
निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३७-१२-२० ( ४४ वर्ष )
जन्मस्थान चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ कुविण्डे
बाबु, आमा हरि प्रसाद सापकोटा / खिलमाया सापकोटा
पारिवारिक विवरण देवकुमारी नेपाल सन्ध्या र एक छोरा सालीन
ठेगाना सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका साहुटोल
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कम्युनिष्ट पार्टी

संसदीय यात्रा

छैन्

कार्यकारी जिम्मेवारी

छैन्

राजनीतिक घटनाक्रम

२०५५ सालमा माओवादी केन्द्रको जिल्ला समिति सदस्य ०५६ साल साउनमा जिल्ला उपाध्यक्ष २०५६ साल जिल्ला समिति अध्यक्ष ०५७ साल पूर्वी पहाड क्षेत्रिय समन्वय समितिका संयोजक २०५८ मा संगठनको केन्द्रीय समिति सदस्य ०५५ सालमा सेल सेक्रेटरी /पूर्णकालीन कार्यकर्ता ०५६ साल माघमा भूमिगत माओवादी आन्दोलनमा सहभागी ।