अजय कुमार चौरसिया

अजय कुमार चौरसिया

११,८९० १८,८५०
( पराजित )

परिचय

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया पर्सा २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी हुन् । २०५६ मा निर्वाचित चौरसिया बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।  २०५८ सालमा स्थानीय विकास सहायकमन्त्री पनि बने । पुनःस्थापित प्रतिनिधि सभा एवम् अन्तरिम व्यवस्थापिका संसदको सदस्य समेत भए । २०६४ मा पहिलो संविधान सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित थिए । उनले सार्वजनिक लेखा समितिमा र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । दोस्रो जनआन्दोलनमा पटक पटक थुनामा परेका थिए । लगभग पौने चार महिना वीरगञ्ज कारागारमा जेल समेत परेका चौरासिय नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,८९० मत १८,८५०
निर्वाचन क्षेत्र पर्सा-२ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२८,४५१ मत
निर्वाचन क्षेत्र पर्सा-२ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
१९,७०४ मत
निर्वाचन क्षेत्र पर्सा-२ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२१-१०-२१ ( ६१ वर्ष )
जन्मस्थान विन्दवासिनी गाउँपालिका ४ अमरपट्टी, पर्सा
बाबु, आमा डा. हरी किशोर चौरसिया / लक्ष्मीदेवी चौरसिया
पारिवारिक विवरण श्रीमती अनिता देवी चौरसिया, छोरा सन्दिप चौरसिया, विवेक चौरसिया छोरी दीप सिखा चौरसिया
ठेगाना पर्सा बिन्दबासिनी गाउँपालिका अमरपट्टि
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

कांग्रेस को ९औं महाधिवेशनबाट महाधिवेशन महासमिति सदस्य । १२औं महाधिवेशनबाट निरन्तर ३ पटक केन्द्रीय सदस्य निर्वाचित ।

संसदीय यात्रा

२०५६ सांसद निर्वाचित । २०६४ को संविधानसभा सदस्य निर्वाचित । २०७० र २०७४ मा पराजित ।

कार्यकारी जिम्मेवारी

२०५८ मा सहायक मन्त्री, स्थानीय विकास मन्त्रालय ।