Election Results

Election date 5 March 2026
Total Votes
16,876 votes 17,022
Electoral Constituency Lamjung-1 ( Gandaki )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date २०१४ फागुन २ गते । ( 68 years )
Birth Place क्व्होलासोथार गाउँपालिका ९, टक्सार गाउँ, लमजुङ ।
Father, Mother गंगाप्रसाद गुरुङ / चिनी गुरुङ
Family Details श्रीमतीः कुमारी मुनी गुरुङ साथै चार छोरी, एक छोरा ।
Address क्व्होलासोथार गाउँपालिका ९, टक्सार गाउँ, लमजुङ ।
Current Address क्व्होलासोथार गाउँपालिका ९, टक्सार गाउँ, लमजुङ ।
Education शिक्षाःविज्ञान स्नातक (बी.एस्सी.): प्रथम श्रेणी, अमृत साइन्स क्याम्पस (त्रिभुवन विश्वविद्यालय, २०३४)
Election System Direct

Political Affiliation

२०२७ सालमा लमजुङको भोर्लेटारस्थित इशानेश्वर प्रमोद हाई स्कुलमा अनेरास्ववियुको सचिव। २०३१ सालमा अमृत साइन्स क्याम्पसमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशनको सम्पर्कमा। २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) मा संगठित र २०३७ सालमा पार्टी सदस्यता प्राप्त। २०४० सालमा नेकपा (माले) जिल्ला कमिटी सदस्य। २०४८ र २०५१ सालमा पहिलो र दोस्रो जिल्ला अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सचिव निर्वाचित। २०५४–२०५९ मा नेकपा (एमाले) गण्डकी अञ्चल समन्वय कमिटी सचिव तथा छैटौँ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय कमिटी सदस्य निर्वाचित। २०६०–२०६५ केन्द्रीय कमिटी सदस्य। २०६३–२०७१ नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ संस्थापक अध्यक्ष; प्रमुख, केन्द्रीय जातीय मामिला विभाग तथा इन्चार्ज, आदिवासी जनजाति फाँट (नेकपा एमाले)। २०६५–२०७१ आठौँ राष्ट्रिय महाधिवेशनबाट पोलिटब्युरो सदस्य। २०६९–२०७१ सचिव, केन्द्रीय कार्यालय, नेकपा (एमाले)। २०७१–२०७८ नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सचिव तथा २०७१–२०७४ केन्द्रीय संगठन विभाग प्रमुख। २०७८–२०८३ दशौँ राष्ट्रिय महाधिवेशनबाट नेकपा एमाले केन्द्रीय उपमहासचिव। २०८२ मंसिरमा सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनबाट नेकपा एमाले केन्द्रीय उपाध्यक्ष निर्वाचित।

Parliamentary Journey

लमजुङ क्षेत्र नं. २ बाट २०४३ सालमा कारागारभित्रैबाट जनपक्षीय उम्मेदवारी–पराजित । २०४८, २०५१ र २०५६ मा नेपाली कांग्रेसका उम्मेदवारसंग पराजित । २०६४ मा पहिलो संविधान सभा सदस्यमा निर्वाचित । २०७० मा कांग्रेस उम्मेदवारसंग पराजित । २०७४ मा लमजुङ प्रदेश (२) बाट निर्वाचित । २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।

Executive Opportunity

जिल्ला सदस्य र अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, लमजुङ (२०३७–२०४०) सदस्य, लमजुङ जिल्ला खेलकुद विकास समिति (२०३७) मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकार (२०६३ चैत–२०६५ भदौ) सदस्य, प्रथम संविधान सभा (२०६५–२०६९) सदस्य, शासकीय स्वरूप निर्धारण समिति, संविधान सभा सदस्य, प्राकृतिक स्रोत तथा साधन समिति, व्यवस्थापिका संसद् प्रथम मुख्यमन्त्री, गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, नेपाल (२०७४ फागुन–२०७७ जेठ) मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल सरकार (२०८१ असार–२०८२ भदौ)

Political Events

२०३६ तथा २०३८ सालको शिक्षक आन्दोलनमा सक्रिय सहभागी भई पटक पटक हिरासत। २०४१ सालको शिक्षक आन्दोलनको नेतृत्व। २०३८ मा लमजुङको टक्सारमा तथा २०३९ मा घाम्राङमा कृषि श्रमिकको ज्याला वृद्धि सम्बन्धी किसान आन्दोलनको नेतृत्व। लमजुङको गिलुङ गाउँ पञ्चायत वडा ८ र ९ टक्सारमा किसानहरूको घर निर्माण सम्बन्धी ढुकुटी सञ्चालन गरी ४० घर निर्माणको नेतृत्व। पञ्चायत कालमा नेकपा (माले) को जिल्ला प्रतिरोधी दस्ताको राजनीतिक कमिसार। २०४३ सालमा नेकपा मालेको पञ्चायत व्यवस्थाको उपयोग गरी भण्डाफोर गर्ने अभियान अन्तरगत राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारी। २०४५ मा नेकपा माले पञ्चायत विरोधी संयुक्त सङ्घर्ष समितिको जिल्ला संयोजक। २०४६ सालमा संयुक्त जनआन्दोलन समिति, लमजुङको संयोजक। २०६२/०६३जनआन्दोलनमा केन्द्रीय स्तरबाट सक्रिय भूमिका निर्वाह। २०६३ साल राज्य पुनर्संरचना समिति र अन्तरिम संविधान सुझाव समिति सम्बन्धी पार्टी कार्यदलको सदस्य। संविधानसभामा निर्वाचित सांसदको रूपमा नेकपा (एमाले) को प्रतिनिधित्व (२०६४ साल)