Election Results

Election date 5 March 2026
Total Votes
16,569 votes 17,329
Electoral Constituency Lamjung-1 ( Gandaki )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date २०२८ जेठ १ गते । ( 54 years )
Birth Place क्व्होलासोथार गाउँपालिका ८, घाम्राङ, लमजुङ ।
Father, Mother नौ बहादुर गुरुङ / दूधकुमारी गुरुङ
Family Details श्रीमती नन्दकाशी गुरुङ (एक छोरी, एक छोरा)
Address लमजुङ
Current Address क्व्होलासोथार गाउँपालिका ८, घाम्राङ, लमजुङ ।
Education समाजशास्त्रमा स्नातक
Election System Direct

Political Affiliation

विद्यार्थी जीवनदेखि पञ्चायत विरोधी गतिविधिमा सक्रिय । २०४६ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्दोलनमा सहभागिता । २०५० सालमा नेपाल शिक्षक संघ को सदस्य । २०५३ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य । २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस जिल्ला कार्य समिति सचिव । पार्टी एकीकरणपछि जिल्ला उपसभापति । १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार (पराजित) । हाल नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य । आसन्न प्रतिनिधिसभा सदस्इ निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार ।

Parliamentary Journey

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

Executive Opportunity

२०५४ सालमा जिल्ला विकास समिति (जिविस) सदस्य निर्वाचित । प्रजातान्त्रिक कांग्रेस जिल्ला कार्य समिति सचिव । नेपाली कांग्रेस जिल्ला उपसभापति । रेडियो मर्स्याङ्दी (२०६४) का संस्थापक अध्यक्ष, हाल पनि अध्यक्ष । लमजुङ सीप विकास प्रतिष्ठान (गैरी क्याम्पस) का संस्थापक उपाध्यक्ष, हाल अध्यक्ष । हिमालय हर्ब सेन्टर (२०७३) का संस्थापक ।

Political Events

कक्षा ६ मा विद्यालय शुल्क वृद्धिविरुद्ध प्रधानपञ्चको घर घेराउ । पञ्चायत विरोधी वाल पेन्टिङ गतिविधि । २०४२ सालमा गिलुङस्थित बुद्धोदय माविमा पञ्चायत रजत जयन्तीका बेला कालो झण्डा प्रदर्शन । २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा प्रहरी हिरासत । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता, पटक–पटक हिरासत ।