चन्द्रकान्त भण्डारी

चन्द्रकान्त भण्डारी

१३,५०५ १६,१३७
( पराजित )

परिचय

नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी गुल्मीबाट जित हात पार्ने प्रयासमा छन् । यसअघि २०७४ सालमा एमालेका प्रदीपकुमार ज्ञवालीसँग पराजित । उनी २०७० संविधानसभा सदस्यमा भने निर्वाचित भएका थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१३,५०५ मत १६,१३७
निर्वाचन क्षेत्र गुल्मी-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३३,७४४ मत
निर्वाचन क्षेत्र गुल्मी-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१८-०२-२७ ( ६४ वर्ष )
जन्मस्थान हुँगा, गुल्मी ।
बाबु, आमा ईश्वरीप्रसाद भण्डारी / हरिकला भण्डारी
पारिवारिक विवरण श्रीमती लक्ष्मी पाण्डे र एक छोरी
ठेगाना गुल्मी, छत्रकोट गाउँपालिका
शिक्षा पि.एच.डि.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

बीपी कोइरालाबाट प्रभावित भई २०३३ सालदेखि राजनीतिमा प्रवेश । २०३४ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य । २०३६ सालको जनआन्दोलनमा सक्रिय भएबापत पक्राउ परी तम्घास र तानसेन जेल चलान । २०३८ देखि २०४२ सम्म दुई कार्यकाल नेपाल विद्यार्थी संघ, त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन पाल्पाको सभापति । २०४१ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियु सभापतिका उम्मेदवार । २०४२ सालमा सत्याग्रह आन्दोलनमा सक्रिय भूमिकाका कारण पक्राउ परी पाल्पा जेल चलान । २०४३ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको स्ववियु सभापतिको उम्मेदवार । २०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य । २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत पक्राउ परी जेल चलान । २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री । २०६२/०६३ सालको जनआन्दोलनको नेतृत्व गरी महत्त्वपूर्ण भूमिका । २०६५ सालमा संविधानसभा सदस्य उम्मेदवार । २०६७ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित । २०७० सालमा संविधानसभामा सभासद् निर्वाचित । २०७२ मा पुन: नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित ।

संसदीय यात्रा

२०७० सालमा तत्कालीन गुल्मी क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित ।

कार्यकारी जिम्मेवारी

छैन