अमन लाल मोदी

अमन लाल मोदी

१०,७६२ ३०,०७१
( पराजित )

परिचय

नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदी मोरङ–४ का निवर्तमान सांसद हुन् । २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोदी यस पटक नेपाली कांग्रेसको साथ लिएर एमाले नेता विनोद ढकालसँग प्रतिस्पर्धामा छन् । उनी २०७० सालमा समानुपातिक सभासद भएका थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,७६२ मत ३०,०७१
निर्वाचन क्षेत्र मोरङ-४ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३०,६१२ मत
निर्वाचन क्षेत्र मोरङ-४ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३३,५२९ मत
निर्वाचन क्षेत्र मोरङ-४ ( कोशी प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४२-०६-०५ ( ४० वर्ष )
जन्मस्थान मोरङ
बाबु, आमा पवन लाल मोदी / वालोदेवी मोदी
पारिवारिक विवरण श्रीमती, २ छोरा
ठेगाना मोरङ बुढीगंगा गाउँपालिका तिलाठे
शिक्षा वि ए स्नातक एम ए
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्यदेखि विद्यार्थी राजनीतिमा आबद्ध । अनेरास्ववियु (क्रान्तिकारी)को मोरङ जिल्ला अध्यक्षसम्म । एमालेबाट राजनीति सुरुवात गर्दै २०५३ सालदेखि तत्कालीन नेकपा (माओवादी)मा आबद्ध । २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य । माओवादीको जिल्ला र केन्द्र तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह । हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ कमिटीमा सदस्य ।

संसदीय यात्रा

संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मोरङ ४ बाट निर्वाचित ।