बासुदेव घिमिरे

बासुदेव घिमिरे

८,२७५ ५०,५३९
( पराजित )

परिचय

नेता बासुदेव घिमिरे एमालेका उम्मेदवार हुन् । उनी २०७४ सालमा स्थानीय तहका प्रमुखमा निर्वाचित भएका थिए । २०४४ सालमा वाणिज्य क्याम्पस बुटवलमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुको सम्पर्कमा रही नेतृत्व चयनमा सक्रिय रहेका उनले २०४७ सालको आन्दोलनमा बझाङमा जागिरका सिलसिलामा रहँदा कालो पट्टी बाँध्नेदेखि पञ्चायत विरुद्धको अभियानमा लागेका थिए ।  २०४८ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरे । आर्थिक उपार्जनका लागि दुई वर्ष वैदेशिक रोजगारीका सिलसिलामा कोरिया पुगेका उनी २०५१ सालसम्म उतै रहे । युवा संघको सदस्य भई रूपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल बिताए । युवा संघको जिल्ला अध्यक्ष भएर पनि काम गरे । नेकपा एमालेको स्थानीय तह विभाग सदस्यसमेत रहेका 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,२७५ मत ५०,५३९
निर्वाचन क्षेत्र रुपन्देही-३ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३६,८२२ मत
निर्वाचन क्षेत्र रुपन्देही-५ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२४-१०-१३ ( ५८ वर्ष )
जन्मस्थान गुल्मी
बाबु, आमा छायादत्त घिमिरे / भिमादेवी घिमिरे
पारिवारिक विवरण श्रीमती, दुई छोरी र एक छोरा
ठेगाना रुपन्देही, तिलोत्तमा नगरपालिका
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

एमाले

संसदीय यात्रा

प्रदेश कमिटी लुम्बिनीको सदस्य छन् ।

कार्यकारी जिम्मेवारी

तिलोत्तमा नगरपालिकाको प्रमुखका रुपमा पाँच वर्ष काम गरेका उनले नगरलाई मुलुककै नमुना नगरका रुपमा स्थापित गरेका थिए ।