संजय कुमार गौतम

संजय कुमार गौतम

१२,७२२ ३६,९०९
( पराजित )

परिचय

संजयकुमार गाैतम नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार हुन् । उनी यसअघि २०७० काे संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ काे संविधान सभा निर्वाचनमा भने माओवादीका विष्णुप्रसाद चौधरीसँग पराजित भएका थिए । ०७४ को निर्वाचनमा तत्कालीन एमालेका नेता वामदेव गौतमलाई पराजित गरी चर्चामा आएका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१२,७२२ मत ३६,९०९
निर्वाचन क्षेत्र बर्दिया-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३०,६११ मत
निर्वाचन क्षेत्र बर्दिया-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२०-०१-१३ ( ६२ वर्ष )
जन्मस्थान बर्दिया
बाबु, आमा किशोर कुमार गौतम / रक्षा गौतम
पारिवारिक विवरण श्रीमती सावित्री गौतम र तीन छोरी ।
ठेगाना बर्दिया गुलरिया नगरपालिका मङ्गा टोल
हालको ठेगाना गुलरिया नगरपालिका ०५ बर्दिया
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश । २०३७ सालमा नेविसंघको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा । पार्टी विभाजनपछि २०५६ सालदेखि दुई वर्ष जिल्ला सभापति । हाल पार्टीको केन्द्रीय सदस्य ।

संसदीय यात्रा

पहिलो संविधानसभा निर्वाचन २०६४ मा माओवादीका विष्णुप्रसाद चौधरीबाट पराजित । दोस्रो संविधानसभा निर्वाचन २०७० सालमा निर्वाचित । २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित ।

कार्यकारी जिम्मेवारी

२०७४ सालमा ६ महिना २० दिन सिंचाइमन्त्री ।

राजनीतिक घटनाक्रम

२०३६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश । २०३७ सालमा नेवि संघमा सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा । पार्टी विभाजनपछि ०५६ सालदेखि २ वर्ष जिल्ला सभापति । १४ औँ महाधिवेशनपछि लगातार १५ वर्ष पार्टी सभापति । पार्टीको पूर्व केन्द्रीय सदस्य ।