परिचय
२०१३ फागुन ११ मा जन्मिएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरका बासिन्दा हुन् । २०४६ सालपछि नेपाली कांग्रेसमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष भइसकेका कार्कीसँग लामो समयसम्म पार्टीको केन्द्रीय कार्यसमिति रहेर सक्रिय राजनीति गरेको अनुभव छ । एक पटक समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका कार्की २०७४ र २०७९ मा सुनसरी–४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीभित्र संस्थापन पक्षका प्रभावशाली नेताका रूपमा चिनिन्छन्। सुनसरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका उनी संघीय संसदमा विभिन्न विषयमा धारणा राख्ने नेतामध्ये पर्दछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, अर्थ मन्त्रालयसँग सम्बन्धित विभिन्न जिम्मेवारी उनले सम्हालिसकेका छन ।
सुनसरी-४
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१६,५८७ मत
२६,१८४
|
| निर्वाचन क्षेत्र | सुनसरी-४ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेपाली काँग्रेस |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०१३-११-११ ( ६९ वर्ष ) |
| बाबु, आमा | कृष्ण मोहन कार्की |
| ठेगाना | सुनसरी बराहक्षेत्र नगरपालिका |
| हालको ठेगाना | काठमाण्डौ |
| शिक्षा | स्नातोकत्तर(राजनैतिक शास्त्र) |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |