राजेन्द्र प्रसाद लिङ्देन

राजेन्द्र प्रसाद लिङ्देन

१७,२९४ २१,३८०
( पराजित )

परिचय

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा  ३ बाट दोस्रो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गरेर लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।२०७९ मा एमालेसंग तालमेल गरी पुनः सिटौलालाई पराजित गरेका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१७,२९४ मत २१,३८०
निर्वाचन क्षेत्र झापा-३ ( कोशी प्रदेश )
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
४०,६६२ मत
निर्वाचन क्षेत्र झापा-३ ( कोशी प्रदेश )
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२२-०५-२२ ( ६० वर्ष )
जन्मस्थान पाँचथरको अमरपुर
बाबु, आमा मान प्रसाद लिङ्देन / धनकुमारी लिङ्देन
पारिवारिक विवरण श्रीमती, २ छोरा र १ छोरी
ठेगाना झापा हल्दिबारी गाउँपालिका नमुना टोल
हालको ठेगाना झापाको हल्दिबारी गाउँपालिका–१
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३६ सालदेखि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई राजनीतिक यात्रा सुरु । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष २०४९ । राप्रपा झापाको सचिव २०४७ । राप्रपा नेपालको केन्द्रीय सदस्य २०६६ । २०४७ पछि स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला तहको पदाधिकारीदेखि राप्रपाको महामन्त्री हुँदै हाल केन्द्रीय अध्यक्षका रुपमा कार्यरत ।

संसदीय यात्रा

संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ २०७९ मा मा झापा ३ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

जिल्ला विकास समिति झापाको सभापति (२०६१–२०६३) । साथै तत्कालीन स्थानीय निकायको निर्वाचित वडाध्यक्षका रुपमा जिम्मेवारी निर्वाह । उपप्रधानमन्त्री ।

राजनीतिक घटनाक्रम

०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने । २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि.सं. २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने । ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन् । राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए ।