शरतसिंह भण्डारी

शरतसिंह भण्डारी

१०,१९८ २२,५२४
( पराजित )

परिचय

लोकतान्त्रिक समाजवादी पार्टी नेता शरतसिंह भण्डारी सत्ता गठबन्धनको समर्थनमा महोत्तरी २ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धी छन् । नेपाली कांग्रेसबाट मधेसी जनअधिकार फोरम हुँदै मधेशकेन्द्रित राजनीतिमा सक्रिय भण्डारी धेरै पटक मन्त्री भएका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,१९८ मत २२,५२४
निर्वाचन क्षेत्र महोत्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२५,१९० मत
निर्वाचन क्षेत्र महोत्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३०,७२२ मत
निर्वाचन क्षेत्र महोत्तरी-२ ( मधेस प्रदेश )
राजनीतिक दल राजपा
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०११-०६-२२ ( ७१ वर्ष )
जन्मस्थान धनुषा
बाबु, आमा पृथ्वीमानसिंह भण्डारी / ईन्दु सिंह
पारिवारिक विवरण श्रीमती, ३ छोरी
ठेगाना महोत्तरी, औरही नगरपालिका औरही
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३२ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भई विद्यार्थी राजनीति प्रारम्भ । २०३६ सालमा नेपाली कांग्रेसमा समेत सक्रिय राजनीतिमा । बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक । २०५१ पछि पुनः काग्रेसको राजनीतिमा सक्रिय । मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरममा आबद्ध । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको सदस्य । हाल लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध ।

संसदीय यात्रा

२०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित । २०५१ मा स्वतन्त्र उम्मेदवार तथा २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित । २०६४ को संविधानसभामा मधेसी जनअधिकार फोरमबाट महोत्तरी-४ बाट निर्वाचित । प्रतिनिधिसभा सदस्यमा राजपाबाट महोत्तरी-२ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

२०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री