निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५,३३६ मत २४,७९६
निर्वाचन क्षेत्र महोत्तरी-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२९-१०-०५ ( ५३ वर्ष )
बाबु, आमा रामअशिष साह / स्व.रामदुलारी देवी साह
पारिवारिक विवरण श्रीमती, २ छोरा र १ छोरी
ठेगाना महोत्तरी
हालको ठेगाना गौशाला नगरपालिका फुलकाहा, महोत्तरी
शिक्षा स्नातकोतर (राजनीति साशस्त्र र मैथिलि)
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा

संसदीय यात्रा

०६३ को पुर्नस्थापित प्रतिनिधि सभा सदस्य. साह ०६४ मा समानुपातिक तर्फबाट संविधान सभामा प्रतिनिधित्व । संविधान सभाको चुनावमा महोतरीबाट पराजय भोगेका साह ०७४ र २०७९ को प्रदेश सभा निर्वाचनमा महोतरी निर्वाचन क्षेत्र नं.१ (ख) बाट दुई पटक निर्वाचित ।

कार्यकारी जिम्मेवारी

मधेश प्रदेश सरकारमा पूर्वगृह तथा सञ्चार मन्त्री र पूर्व अर्थ मन्त्री भइसकेकाे।

राजनीतिक घटनाक्रम

०५४ को स्थानीय तहको निर्वाचनमा फुल्काहा गाउँ विकास समितिका अध्यक्षमा निर्वाचित भएका थिए । गाउँ विकास समितिको अध्यक्षमा रहिरहँदा उनी तत्कालीन माओवादीको मधेसी मुक्ति मोर्चाको मधेस प्रदेश मुद्धाबाट प्रभावित भएर जनयुद्धमा लागेर मधेस जन सरकारको मन्त्री भएका साह जनयुद्धमा नेपाली सेनाको गोली लागेर घाइते । महोत्तरीको प्रकौली व्यारेकमा राखेको उनलाई नवलपुर, आर्मी होस्पिटलमा उपचार सम्भव नभएपछि नेपाली सेनाको छाउनीमा राखि उपचार गराएका थिए । त्यसपछि ७ महिना सुन्दरीजल कारागारबाट जलेश्वर कारागार आएका थिए । २०६३ मा कैदीजीवन विताइरहेको समयमा आन्दोलन गर्दा उनलाई केन्द्रीय कारागारमा चलान गरिएको थियो । नेकपा माओवादी र सरकारसँग भएको १२ बुँदे सम्झौतापछि २०६३ सालमा उनलाई जेलमुक्त गरिएको थियो ।