महेश बस्नेत

महेश बस्नेत

१०,९९६ ३१,३३८
( पराजित )

परिचय

महेश बस्नेत एमालेबाट भक्तपुर–२ का उम्मेदवार हुन्। एमाले केन्द्रीय सचिब, पूर्ब अध्यक्ष युवा संघ  

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,९९६ मत ३१,३३८
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२३,२८२ मत
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३६,४१२ मत
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३१-१०-०३ ( ५१ वर्ष )
जन्मस्थान सूर्यविनायक नगरपालिका–७, गुण्डु
बाबु, आमा पुर्ण बहादुर बस्नेत / ईश्वरी वस्नेत
पारिवारिक विवरण एक छोरी
ठेगाना भक्तपुर सूर्यविनायक नगरपालिका डोकाथली
हालको ठेगाना सूर्यविनायक नगरपालिका–७, गुण्डु
शिक्षा बिएइएल
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

बस्नेत २०४६ सालको आन्दोलनको समयमा राजनीतिमा आकर्षित भएका थिए । एसएलसी पास गरेपछि कानुन विषय पढ्दा अनेरास्ववियुमा आबद्ध भएर विद्यार्थी राजनीतिमा जोड्एि । पछि कान्छो गाविस अध्यक्षमा निर्वाचित भए । एमालेमा इलाका कमिटी सदस्य हुँदै पछि अहिले केन्द्रीय सचिवसम्म बनेका छन् ।

संसदीय यात्रा

२०७४ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी

कार्यकारी जिम्मेवारी

- २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री - २०५४ को स्थानीय निकाय चुनावमा गुन्डु गाविसको अध्यक्षमा निर्वाचित

राजनीतिक घटनाक्रम

२०७९ सालमा प्रतिनिधि सभा सदस्यको चुनावमा पराजित