निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,४०१ मत ३३,९३३
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२३-१२-२१ ( ५८ वर्ष )
जन्मस्थान सूर्यविनायक नगरपालिका–३, भक्तपुर
बाबु, आमा कोमल विक्रम राणा / स्व.मिनकुमारी राणा
पारिवारिक विवरण एक छोरी तथा एक छोरा
ठेगाना भक्तपुर
हालको ठेगाना सूर्यविनायक नगरपालिका–३, भक्तपुर
शिक्षा बीकम, बीएल तथा पत्रकारितामा डिप्लोमा
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुँदै कविर राणाले नेविसंघमा आबद्ध भएर स्ववियू राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । २०४६ सालको जनआन्दोलनमा पार्टीकै निर्देशनअनुसार भूमिगत भएर सक्रिय भूमिका निर्वाह गरे । प्रजातन्त्रको स्थापना भएपछि बालकोट गाउँ समितिको पहिलो पार्टी सभापतिको जिम्मेवारी सम्हाले । राणा २०५४ सालदेखि निरन्तर जिल्ला समिति सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा केन्द्रीय प्रचार समिति सदस्यका रूपमा सक्रिय भए ।

कार्यकारी जिम्मेवारी

२०४९ सालमा जिल्ला विकास समिति सदस्यमा

राजनीतिक घटनाक्रम

२०४१ सालमा केन्द्रीय कारागारमा छ महिना जेल जीवन बिताएका राणा नेविसंघका विभिन्न आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा परे भने २०४४ सालमा अखिलका कार्यकर्ताबाट कुटपिट हुँदा उनको टाउको फुटेको थियो ।