रमेश रिजाल

रमेश रिजाल

१२,५३४ १५,४७२
( पराजित )

परिचय

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल पर्सा ४ बाट ७ औं पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धी छन् । २०२७ सालमा नेपाल विद्यार्थी संघ र २०३३ देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आबद्ध छन् । २०४७ सालमा पर्सा क्षेत्र नं. ४  बाट पहिलोपटक सांसद निर्वाचित भएका थिए । २०५२ सालमा दोस्रो पटक, २०६४ सालमा तेस्रो पटक  र २०७९ सालमा चौथो पटक निर्वाचित भएका थिए । रिजाल नेपाली कांग्रेसको १३ औं र १४ औं महाधिवेशनमा  केन्द्रीय सदस्य थिए ।    

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१२,५३४ मत १५,४७२
निर्वाचन क्षेत्र पर्सा-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३१,१४२ मत
निर्वाचन क्षेत्र पर्सा-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
१४,७०२ मत
निर्वाचन क्षेत्र पर्सा-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१३-११-२१ ( ६९ वर्ष )
जन्मस्थान मसीहानी धरमपुर टोल, पर्सा
बाबु, आमा मेघराज उपाध्याय / शान्ता देवी
पारिवारिक विवरण श्रीमती शोभा शर्मा रिजाल, छोरी ऋचा रिजाल, छोरा शीर्षक रिजाल
ठेगाना पर्सा जगरनाथपुर गाउँपालिका धर्मपुर
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

रिजालका बुवा मेघराज उपाध्याय राणाविरुद्धको आन्दोलनमा सक्रिय सहभागी । रिजालले विरासतमै राजनीति पाएका हुन । २०२७ मा नेपाल विद्यार्थी संघ गठन हुँदा रिजाल विरगंजको ठाकुर राम बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व । नेवि संघको जिल्ला उपसभापति । २०३४ देखि २०४८ सम्म कांग्रेसको जिल्ला सचिव भए । २०५२ मा पार्टीको जिल्ला सभापति । कांग्रेस विभाजित हुँदा उनी प्रजातान्त्रिक काङ्ग्रेसको केन्द्रीय सदस्य भए । पार्टी एकीकरण भएदेखि रिजाल केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन् ।

संसदीय यात्रा

२०४९ को निर्वाचन रिजालले जितेका थिए । २०५२ को मध्यावधि चुनाव पनि जिते । २०५६ को चुनाव हारेका रिजालले २०६४ मा फेरि विजय भए । २०७० र २०७४ को निर्वाचन उनले हारेका छन् ।