रवि लामिछाने

रवि लामिछाने

५४,४०२ ३९,८३८
( निर्वाचित )

परिचय

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने पार्टीका सभापतिसमेत हुन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनी उपप्रधान तथा गृहमन्त्रीसमेत बने । तर नागरिकतासम्बन्धी विवादमा तानिएपछि सर्वोच्च अदालतको आदेशअनुसार उनको सांसद पद खारेज भएको थियो ।फेरि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा उनी पुन: विजयी भए । अहिले लामिछाने पुनः यसै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५४,४०२ मत ३९,८३८
निर्वाचन क्षेत्र चितवन-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० वैशाख २०८० (उप-निर्वाचन)
कुल मत
५४,१७६ मत
निर्वाचन क्षेत्र चितवन-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
४९,२६४ मत
निर्वाचन क्षेत्र चितवन-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३२-०५-२८ ( ५० वर्ष )
बाबु, आमा लाला चन्द्र लामिछाने
ठेगाना काठमाडौं काठमाडौँ महानगरपालिका
शिक्षा प्रमाणपत्र तह
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

संसदीय यात्रा

पहिलो निर्वाचन (२०७९ मंसिर): भारी मतले विजयी भई सांसद बने। तर, नागरिकता विवादका कारण २०७९ माघ १३ मा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदियो। उपनिर्वाचन (२०८० वैशाख १०): पुनः नागरिकता लिएपछि भएको उपनिर्वाचनमा चितवन २ बाटै पहिलेभन्दा झन् धेरै मतान्तरले (५४,१७६ मत प्राप्त गरी) दोस्रो पटक निर्वाचित भए। निलम्बन (२०८१ पुस): सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा अभियोग दर्ता भएपछि २०८१ पुस ७ गतेदेखि उनको सांसद पद निलम्बनमा परेको छ। संसद विघटन (२०८२ भदौ): राजनीतिक अस्थिरताका कारण २०८२ भदौ २७ मा तत्कालीन प्रतिनिधि सभा विघटन भएपछि उनको सांसदको हैसियत समाप्त भयो।

कार्यकारी जिम्मेवारी

पहिलोउपप्रधानमन्त्री तथा गृहमन्त्री२०७९ पुस ११ – २०७९ माघ १३ (३३ दिन)पुष्पकमल दाहाल 'प्रचण्ड'दोस्रोउपप्रधानमन्त्री तथा गृहमन्त्री२०८० फागुन २३ – २०८१ असार ३१पुष्पकमल दाहाल

राजनीतिक घटनाक्रम

२०७९ असार ७: पत्रकारिता छोडेर 'राष्ट्रिय स्वतन्त्र पार्टी' (रास्वपा) घोषणा गरे। २०७९ मंसिर ४: पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा भाग लिए। २०७९ मंसिर: चितवन क्षेत्र नं. २ बाट भारी मतान्तरले निर्वाचित भए।