निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२६,६६० मत १४,९६०
निर्वाचन क्षेत्र गोरखा-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
१२,६३९ मत
निर्वाचन क्षेत्र गोरखा-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३६-०८-२० ( ४६ वर्ष )
बाबु, आमा राजाराम बुर्लाकोटी
ठेगाना गोरखा पालुङटार नगरपालिका पिपल्टारी
शिक्षा ब्यवस्थापन संकायमा डिग्रि सम्मको अध्ययन पुरा गरेका छन्
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

युवा विकास अभियान हुँदै राजनितिकमा प्रवेश गरेका कविन्द्र बुर्लाकोटी हाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री छन् । २०५७ सालमा युनाइटेड युथ संस्थामा जोडिएका वुर्लाकोटी नेपाल युवा संस्था सञ्जालको संस्थापक सचिव हुँदै दोस्रो कार्यलयको अ्रध्यक्ष वने । राष्ट्रिय युवा महासंघको संस्थापक अध्यक्ष पनि वने । २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन हुँदा २३ जनाको संस्थापक केन्द्रिय सदस्यमा वुर्लाकोटी पनि थिए । पाटि स्थापनाको दुइ महिना पछि उनले सहमहामन्त्रीको जिम्मेवारी पाए । २०८१ असार २५ मा रास्वपाको कार्यवाहक महामन्त्री वनेका उनी २०८२ असार ७ बाट महामन्त्रीको जिम्मेवारीमा छन् ।

संसदीय यात्रा

२०७९ काे प्रतिनिधिसभा निर्वाचनमा गाेरखा-२ बाट उम्मेदवारी वनेर पराजित वनेका थिए ।

कार्यकारी जिम्मेवारी

रास्वपाकाे महामन्त्री

राजनीतिक घटनाक्रम

पहिलो संविधान सभा निर्वाचन पछि संविधान जारी हुन भएको अलमलका वेला उनी स्वतन्त्र युवाहरुको अगुवाई गर्दै धर्ना वसेका थिए । २०६८ सालमा तत्कालिन समयमा धर्नामा वसेका वेला तिनकुने प्रहरीले उनलाई गिरफतार गरेर दुइ दिन पछि छाडेका थिए ।