गम प्रसाद गुरुङ

गम प्रसाद गुरुङ

१६,५६९ १७,३२९
( पराजित )

परिचय

गम प्रसाद गुरुङ लमजुङका जुझारु र इमान्दार छविका नेता हुन्, जो विद्यार्थी जीवनदेखि पञ्चायत विरोधी आन्दोलनमा सक्रिय रहँदै नेपाली कांग्रेस मार्फत जिल्ला विकास समिति सदस्य, पार्टी जिल्ला उपसभापति लगायतका भूमिकामा रहे।  शिक्षक पेशाबाट राजनीतिक यात्रामा प्रवेश गरेका उनले हरित सडक, बायोग्यास, लघु जलविद्युत, सामुदायिक रेडियो, प्राविधिक कलेज र जडीबुटी अनुसन्धान केन्द्र स्थापना जस्ता सामाजिक–विकास अभियानमा नेतृत्वदायी भूमिका खेलेका छन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१६,५६९ मत १७,३२९
निर्वाचन क्षेत्र लमजुङ-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२८ जेठ १ गते । ( ५४ वर्ष )
जन्मस्थान क्व्होलासोथार गाउँपालिका ८, घाम्राङ, लमजुङ ।
बाबु, आमा नौ बहादुर गुरुङ / दूधकुमारी गुरुङ
पारिवारिक विवरण श्रीमती नन्दकाशी गुरुङ (एक छोरी, एक छोरा)
ठेगाना लमजुङ
हालको ठेगाना क्व्होलासोथार गाउँपालिका ८, घाम्राङ, लमजुङ ।
शिक्षा समाजशास्त्रमा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

विद्यार्थी जीवनदेखि पञ्चायत विरोधी गतिविधिमा सक्रिय । २०४६ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्दोलनमा सहभागिता । २०५० सालमा नेपाल शिक्षक संघ को सदस्य । २०५३ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य । २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस जिल्ला कार्य समिति सचिव । पार्टी एकीकरणपछि जिल्ला उपसभापति । १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार (पराजित) । हाल नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य । आसन्न प्रतिनिधिसभा सदस्इ निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार ।

संसदीय यात्रा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

कार्यकारी जिम्मेवारी

२०५४ सालमा जिल्ला विकास समिति (जिविस) सदस्य निर्वाचित । प्रजातान्त्रिक कांग्रेस जिल्ला कार्य समिति सचिव । नेपाली कांग्रेस जिल्ला उपसभापति । रेडियो मर्स्याङ्दी (२०६४) का संस्थापक अध्यक्ष, हाल पनि अध्यक्ष । लमजुङ सीप विकास प्रतिष्ठान (गैरी क्याम्पस) का संस्थापक उपाध्यक्ष, हाल अध्यक्ष । हिमालय हर्ब सेन्टर (२०७३) का संस्थापक ।

राजनीतिक घटनाक्रम

कक्षा ६ मा विद्यालय शुल्क वृद्धिविरुद्ध प्रधानपञ्चको घर घेराउ । पञ्चायत विरोधी वाल पेन्टिङ गतिविधि । २०४२ सालमा गिलुङस्थित बुद्धोदय माविमा पञ्चायत रजत जयन्तीका बेला कालो झण्डा प्रदर्शन । २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा प्रहरी हिरासत । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता, पटक–पटक हिरासत ।