वैन बहादुर क्षेत्री(अधिकारी)

वैन बहादुर क्षेत्री(अधिकारी)

१०,४२९ २९,४५४
( पराजित )

परिचय

  कास्कीको कालिकामा जन्मिएका बैनबहादुर अधिकारी क्षत्री स्थानीय तहमा लामो अनुभव हासिल गरेका नेता हुन्। व्यवस्थापनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी विद्यार्थी राजनीतिसँगै संगठन र जनप्रतिनिधिका रूपमा सक्रिय रहे। २०५४ सालमा कालिका गाविस उपाध्यक्ष र २०७४ सालमा जिल्ला समन्वय समिति कास्की प्रमुखमा निर्वाचित भई उनले स्थानीय तहको कानुन निर्माण, प्रशासकीय भवन, वडा कार्यालय, खानेपानी तथा अन्य पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेले। हाल उनी नेकपा (एमाले) कास्की अध्यक्षका रूपमा कार्यरत रहँदै प्रतिनिधिसभा निर्वाचन २०८२ मा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,४२९ मत २९,४५४
निर्वाचन क्षेत्र कास्की-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२९-०४-०१ ( ५३ वर्ष )
जन्मस्थान कालिका, कास्की
बाबु, आमा धन बहादुर अधिकारी
ठेगाना कास्की
हालको ठेगाना कालिका, कास्की
शिक्षा व्यवस्थापनमा स्नातक, समाजशास्त्रमा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाल कम्युनिस्ट पार्टी (एमाले)

कार्यकारी जिम्मेवारी

पूर्व प्रमुख, जिल्ला समन्वय समिति कास्की पूर्व उपाध्यक्ष, कालिका गाविस

राजनीतिक घटनाक्रम

बैनबहादुर अधिकारीले २०३९ सालमा अनेरास्ववियुमा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४३ मा युवा लिग सदस्य, २०४६ मा अनेरास्ववियु कास्की जिल्ला कमिटी सदस्य हुँदै उनी २०४६ भदौ ५ गते तत्कालीन नेकपा (माले)को पार्टी सदस्य बने। त्यसपछि गाउँ कमिटी सदस्य, गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव, जिल्ला कमिटी सदस्य, कार्यालय सचिव र एमाले कास्की सचिव हुँदै हाल जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगेका छन्। २०४६ को जनआन्दोलन, २०५९ को स्थानीय तह निर्वाचन बहिस्कार आन्दोलन र प्रतिगमनविरुद्धका आन्दोलनमा सहभागी हुँदा उनले जेल जीवनसमेत भोगेका छन्।