परिचय
नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट आर्थिक सुधार, शिक्षित तथा स्वस्थ नागरिक निर्माणको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका नेता हुन्। कास्कीको मादी गाउँपालिका–३ मा जन्मिएका उनले कानूनमा स्नातक (बीएल) गरेका छन्। अध्ययनपछि सर्वोच्च अदालतमा अधिकृतका रूपमा तीन वर्ष सरकारी सेवा गरेका उनी पछि जागिर छाडेर व्यवसाय र राजनीतिमा सक्रिय भए। वैदेशिक रोजगार व्यवसाय र उद्योगमार्फत रोजगारी सिर्जनामा समेत उनको संलग्नता रहेको छ। हालै सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित उनी तीन पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन्।
कास्की-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
११,२१४ मत
२८,६६९
|
| निर्वाचन क्षेत्र | कास्की-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेपाली काँग्रेस |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२४-०९-०२ ( ५८ वर्ष ) |
| जन्मस्थान | मादी गाउँपालिका–३, कास्की |
| बाबु, आमा | विध बहादुर रानाभाट |
| ठेगाना | कास्की मादी गाउँपालिका हरेस्वाँरा |
| हालको ठेगाना | कास्की |
| शिक्षा | कानुनमा स्नातक |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेपाल कांग्रेस
राजनीतिक घटनाक्रम
तिलक रानाभाटको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएसँगै सुरु भएको हो। पञ्चायतकालमै विद्यार्थी संगठन निर्माणमा सक्रिय रहेका उनले पार्टीको ११ र १२ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा भूमिका निर्वाह गरे। पार्टीको केन्द्रीय अर्थ समितिको सदस्य तथा नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा समेत काम गरेका उनले संगठन विस्तार र नीति निर्माणमा योगदान दिएका छन्। २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका उनी २०७४ को आम निर्वाचनमा म्याग्दी जिल्लामा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका थिए। हाल उनी कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा चुनावी अभियानमा सक्रिय छन्।