दामोदर पौडेल वैरागी

दामोदर पौडेल वैरागी

७,९०६ २९,८४४
( पराजित )

परिचय

कास्कीको सल्यानका दामोदर पौडेल ‘बैरागी’ मजदुर आन्दोलनबाट उदाएका अनुभवी वामपन्थी नेता हुन्। ५९ वर्षीय बैरागीले चार दशकभन्दा बढी समय मजदुर, किसान र श्रमजीवी वर्गको अधिकारका लागि संघर्ष गर्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका छन्। जिफन्टमार्फत मजदुर आन्दोलनको नेतृत्व गर्दै कुशल संगठकका रूपमा स्थापित भएका उनले नेकपा (एमाले) कास्कीको संगठन विभाग प्रमुख र जिल्ला सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। २०७९ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी अहिले पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, सुकुम्बासी समस्या समाधान तथा श्रमिक र उत्पीडित वर्गको जीवनस्तर सुधार उनको मुख्य एजेन्डा हो।            

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,९०६ मत २९,८४४
निर्वाचन क्षेत्र कास्की-३ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२२,९८० मत
निर्वाचन क्षेत्र कास्की-३ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२३-०१-०५ ( ५९ वर्ष )
जन्मस्थान अन्नपूर्ण गाउँपालिका– ५ झोवाङ, कास्की
बाबु, आमा चक्रपाणी पौडेल / तुलसी देवी
पारिवारिक विवरण श्रीमती चुडाकुमारी आचार्य र २ छोरा
ठेगाना कास्की अन्नपूर्ण गाउँपालिका झोवाङ
हालको ठेगाना कास्की
शिक्षा साक्षर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाल कम्युनिस्ट पार्टी (एमाले)

संसदीय यात्रा

२०७४ मा वडा सदस्यमा पराजित, २०७९ मा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित

कार्यकारी जिम्मेवारी

२०७७ फागुन १ देखि २०७८ असारसम्म भूमिसम्बन्धी समस्या समाधान आयोग कास्की जिल्ला अध्यक्ष ।

राजनीतिक घटनाक्रम

दामोदर पौडेलको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रेरित भई सुरु भएको हो। २०३९ सालमा तत्कालीन नेकपा (माले) मार्फत औपचारिक रूपमा पार्टी राजनीतिमा प्रवेश गरेका उनी २०४० देखि २०४६ सम्म अर्धभूमिगत रही पञ्चायती व्यवस्थाविरुद्ध संघर्षमा सक्रिय रहे। २०४५ देखि २०५५ सम्म जिफन्टमार्फत मजदुर आन्दोलनको नेतृत्व गरेका उनले २०५३ मा नेकपा (एमाले) कास्कीको जिल्ला सदस्य बनेर संगठन विस्तारमा योगदान दिए। त्यसपछि संगठन विभाग प्रमुख हुँदै २०७० देखि २०७६ सम्म जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाले। विभिन्न आन्दोलनका क्रममा जेल, यातना र दमन भोगेका उनी २०७९ सालमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई संसदीय राजनीतिमा प्रवेश गरेका हुन्।