बिना गुरुङ्ग

बिना गुरुङ्ग

३७,७५० २४,९७०
( निर्वाचित )

परिचय

कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिना गुरुङ सफल व्यवसायी, समाजसेवी र लगानीकर्ता हुन्। गण्डकी प्रदेशमा रास्वपाकी एक मात्र महिला उम्मेदवारसमेत रहेकी उनी पार्टीको प्रदेश कोषाध्यक्षका रूपमा कार्यरत छिन्। सञ्जीवनी दिदीबहिनी संघ नेपालको संस्थापक अध्यक्ष, तमु धिँ नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकी पूर्व अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी गुरुङ पञ्चासे केबलकारको सञ्चालक समिति सदस्य र गोल्डेन साकोसकी उपाध्यक्षका रूपमा व्यवसायिक क्षेत्रमा पनि सक्रिय छिन्। महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता र नेतृत्वमा महिलाको पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएर उनी प्रतिनिधिसभा निर्वाचनमा होमिएकी छन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३७,७५० मत २४,९७०
निर्वाचन क्षेत्र कास्की-३ ( गण्डकी प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२९-१०-१३ ( ५३ वर्ष )
जन्मस्थान पर्वत
बाबु, आमा जंग विर गुरुङ्ग
ठेगाना कास्की
हालको ठेगाना पाेखरा महानगरपालिका कास्की
शिक्षा +2
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

राजनीतिक घटनाक्रम

बिना गुरुङ लामो समयदेखि सामाजिक र व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन्। समाजसेवा, महिला सशक्तीकरण र सामुदायिक नेतृत्वमार्फत पहिचान बनाएकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई गण्डकी प्रदेश कोषाध्यक्षको जिम्मेवारीमा पुगेकी हुन्। सोही अनुभव र सामाजिक सक्रियतालाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने उद्देश्यसहित उनी कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेकी छन्।