निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१६,४५३ मत २७,७९५
निर्वाचन क्षेत्र दाङ-३ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३६,९११ मत
निर्वाचन क्षेत्र दाङ-३ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३३,७३० मत
निर्वाचन क्षेत्र दाङ-३ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१८-१२-२० ( ६३ वर्ष )
जन्मस्थान दाङ
बाबु, आमा लोकमणी गिरी / छायाँदेवी गिरी
पारिवारिक विवरण श्रीमती इन्दु रिजाल । एक छोरा, एक छोरी
ठेगाना दाङ दंगीशरण गाउँपालिका सुकदेव
हालको ठेगाना तुलसीपुर उपमहानगरपालिका–५, दाङ
शिक्षा एम.ए.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

उनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । मुलुकमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सहभागी भएको आरोपमा उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविमा पढ्दापढ्दै पक्राउ परे । १३ वर्षकै उमेरमा गिरफ्तार भई १३ दिन हिरासतमा बसे । २०३१ सालमा अञ्चलाधीशको ठाडो आदेशमा २९ दिन हिरासतमा बसे । २०३७ सालमा ५७ दिन अञ्चलाधीशको ठाडो आदेशमा हिरासतमा बसे । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिई बीपी कोइराला काठमाडौं ओर्लंदा उनको स्वागतमा सक्रियतापूर्वक खटिनेमध्येका गिरी एक हुन् । २०३४ सालमा कांग्रेस दाङको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय महाधिवेशन तयारी समिति संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको महासचिव भए । २०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनीधि एवं महासमिति सदस्य छन् । उनी १२ औं महाधिवेशनदेखि लगातार तेस्रोपटक कांग्रेस केन्द्रीय सदस्य छन् ।

संसदीय यात्रा

२०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भई दाङ क्षेत्र नं. २ बाट एमालेका शंकर पोखरेलसँग पराजित भए । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं. ५ बाट माओवादीकी शुष्मा शर्मा घिमिरेसँग पराजित भए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका उत्तरकुमार वलीलाई पराजित गरी संविधानसभा सदस्यमा विजयी भए । २०७४ मा क्षेत्र नं. ३ बाट एमालेका हीराचन्द्र केसीसँग पराजित भए । २०७९ मा विजयी भए । अहिले उनी छैठौंपटक चुनावी मैदानमा छन् ।

कार्यकारी जिम्मेवारी

२०७० मा पहिलोपटक सांसद निर्वाचित भएपछि उनी २०७३ भदौ १० गते सिंचाइ मन्त्री भए । विशेष जिम्मेवारी : २०६२/०६३ को जनआन्दोलनमा काठमाडौको गोंगबु क्षेत्रको नेतृत्व गरेर जिम्मेवारी निर्वाह गरेका थिए ।