परिचय
नेकपा एकीकृत समाजवादीका नेता नबहादुर बुढा २०५५ सालदेखि राजनीतिमा सक्रिय छन् । २०७० सालदेखि नेकपा एमालेमा आवद्ध बुढा एमाले विभाजनसँगै एकीकृत समाजवादीमा गएका हुन् । उनी २०७० सालको दोस्रो संविधान सभामा डोल्पाबाट निर्वाचित भएका थिए । बुढा २०७४ सालदेखि २०७६ मंसिरसम्म संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसमेत भए ।
डोल्पा-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
६,८०२ मत
१,४०६
|
| निर्वाचन क्षेत्र | डोल्पा-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
११,२९२ मत
|
| निर्वाचन क्षेत्र | डोल्पा-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | १० मंसिर २०७४ |
| कुल मत |
११,७६१ मत
|
| निर्वाचन क्षेत्र | डोल्पा-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेकपा एमाले |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०३१-११-०७ ( ५१ वर्ष ) |
| जन्मस्थान | डोल्पा |
| बाबु, आमा | लंकु बुढा / सेल्ज्याम बुढा |
| पारिवारिक विवरण | श्रीमती हिमाली बुढा । १ छोरा र १ छोरी । |
| ठेगाना | डोल्पा |
| हालको ठेगाना | काईके गाउँपालिका २ शहरतारा |
| शिक्षा | आइएड पास |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
२०५५ सालदेखि राजनीतिमा सक्रिय । २०७० सालदेखि नेकपा (एमाले) को सक्रिय राजनीतिमा रहेको । २०७५ जेठमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध । हाल एकीकृत समाजवादी पार्टीमा आवद्ध ।
संसदीय यात्रा
संविधानसभा सदस्य निर्वाचन २०७० मा डोल्पाबाट ततकालीन एमालेबाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा डोल्पाबाटै एमालेको उम्मेदवारका रुपमा विजयी ।
कार्यकारी जिम्मेवारी
२०७४ फागुनबाट २०७६ मंसिर ४ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री । २०६० र २०६२ मा दुई कार्यकाल जिल्ला विकास समिति डोल्पाको सभापति ।