परिचय
ज्ञानेन्द्रबहादुर शाहीका नामले चिनिएका ज्ञानबहादुर शाही २०७९ सालमा राप्रपा प्रवेश गरेर पार्टी प्रवक्ता भएका हुन् । अभियन्ताका रुपमा चिनिएका शाहीले नेपाली हाम्रो नेपाल अभियान चलाएका थिए ।
जुम्ला-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१४,८१६ मत
३,१८१
|
| निर्वाचन क्षेत्र | जुम्ला-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
२२,८१९ मत
|
| निर्वाचन क्षेत्र | जुम्ला-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०४८-१०-२४ ( ३४ वर्ष ) |
| जन्मस्थान | पिंगी |
| बाबु, आमा | हरिबहादुर शाही / विनताेला शाही |
| पारिवारिक विवरण | श्रीमती |
| ठेगाना | सिंजा गाउँपालिका, जुम्ला |
| हालको ठेगाना | सिंजा गाउँपालिका, जुम्ला |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता ।
संसदीय यात्रा
२०७९ मा प्रतिनिधिसभामा जुम्लाबाट प्रत्यक्षमा निर्वाचित ।
कार्यकारी जिम्मेवारी
राप्रपा संसदीय दलको प्रमुख सचेतक, २०७९ ।
राजनीतिक घटनाक्रम
म्लाको सिञ्जा गाउँपालिकाको पिगीमा २०४८ सालमा जन्मिएका उनलाई राजनीतिमा कतिपयले भाइरल व्यक्तिको रूपमा चिन्दछन् ।
भ्रष्टाचार विरोधी अभियान भनेर गर्ने गतिविधिबाट पाएको समर्थन देखाउँदै उनी २०७९ मा जुम्लाबाट प्रत्यक्ष चुनाव लडे र जिते ।
‘वाइडबडी’ घोटालाजस्ता ठूला मुद्दाका विषयमा सामाजिक सञ्जालबाट आवाज उठाउँदै गर्दा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे ।
कर्णालीको स्याउलाई काठमाडौंमा ब्रान्डिङ गर्ने प्रयास गरे । यसलाई उनले आगामी निर्वाचन जित्ने प्रमुख आधार मानेका छन् ।