निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१८,८९० मत ८,००७
निर्वाचन क्षेत्र सुर्खेत-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३०,९८८ मत
निर्वाचन क्षेत्र सुर्खेत-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३६,७५९ मत
निर्वाचन क्षेत्र सुर्खेत-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२७ साल जेठ ११ गते ( ५५ वर्ष )
बाबु, आमा चक्रबहादुर शाही
ठेगाना सुर्खेत गुर्भाकोट नगरपालिका, राम्रीकाँडा
शिक्षा B.Com
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यबाट शाहीले राजनीतिक यात्रा सुरु गरेका हुन् । २०५० सालबाट पार्टी राजनीतिमा होमिएका उनी २०५४ सालमा स्थानीय निकाय निर्वाचन लडेर मासहारे गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । यो बेला उनी २७ वर्षका थिए । २०५५ मा उनी पार्टीको सुर्खेत जिल्ला कमिटी सदस्य भए । २०६३ मा उपसचिवमा निर्वाचित भए । २०६६ मा जिल्ला कमिटी अध्यक्षको उम्मेदवार थिए । तर नवराज रावतसँग पराजित भए । २०७० मा फेरि उनै रावतलाई पराजित गर्दै शाही एमाले सुर्खेतको अध्यक्ष भए । २०७४ मा फेरि अध्यक्ष भए । उनी अहिले एमाले कर्णाली प्रदेश कमिटी सचिव हुन् ।

संसदीय यात्रा

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई शाहीले २०७४ सालमा पहिलो पटक पराजित गर्दै संसदीय यात्राको सुरुवात गरेका थिए । २०७९ मा पनि एमालेले शाहीलाई खड्काकै प्रतिस्पर्धी बनाएको थियो । या पटक भने शाही पराजित भए । यो पटक भने उनै पूर्णबहादुरका भाई विष्णु यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।