परिचय
म देश, जनता प्रति बफादार रही नेपालको संविधानकाे पालना गरी देशलाई समृद्ध बनाउने छु। २०४२ सालमा सुर्खेतको वीरेन्द्रनगरमा माया मेडिकल हल नामक व्यवसाय सुरु गरेका विष्णु अहिले पनि माया अस्पतालका सञ्चालन हुन् । २०५० सालदेखि सुर्खेतमा पहिलो पटक मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका उनी संघको संस्थापकसमेत हुन् । हाल मध्यपश्चिम यातायात प्रालिको अध्यक्षसमेत रहेका उनी विगत २३ वर्षदेखि यो संस्थाको नेतृत्वमा रहेर काम गर्दै आएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्ष पनि भइसकेका छन् । उनी यातायात, अस्पताल, पेट्रोल पम्प, औषधि डिलर लगायतका व्यवसाय गर्दै आएका छन् ।
सुर्खेत-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
२६,८९७ मत
८,००७
|
| निर्वाचन क्षेत्र | सुर्खेत-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | नेपाली काँग्रेस |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०२४ साल कात्तिक ६ गते ( ५८ वर्ष ) |
| जन्मस्थान | सुर्खेत वीरेन्द्रनगर नगरपालिका –७, इत्राम |
| बाबु, आमा | प्रेमबहादुर खड्का / मायादेवी खड्का |
| ठेगाना | सुर्खेत वीरेन्द्रनगर नगरपालिका –७, इत्राम |
| हालको ठेगाना | सुर्खेत वीरेन्द्रनगर नगरपालिका –७, इत्राम |
| शिक्षा | एस.एल.सी |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
कांग्रेस जिल्ला उपसभापति, सुर्खेत ।
संसदीय यात्रा
उनी संसदीय यात्रामा पहिलो पटक अघि सरेका हुन्,उनीसँय यसअघि कुनै संसदीय यात्राको अनुभव छैन ।
राजनीतिक घटनाक्रम
२०३६ सालमा बहुदलको पक्षमा उभिएका उनले देशमा बहुदल चाहिन्छ भन्दै राँके जुलुस गर्ने, भित्ते लेखन गर्ने र बहुदलको पक्षमा पर्चा पम्पलेट छपाएर वितरण गर्ने लगायतका काम गरेका थिए ।
२०४६ सालको जनआन्दोलनमा अग्रभागमा रहेर सुर्खेतमा आन्दोलन पनि थाले । त्यो बेला पहिलो पटक ११ दिन र दोस्रो पटक २६ दिन हिरासतमा बसे ।