कुलमणि देवकोटा

कुलमणि देवकोटा

११,५११ १९,३३१
( पराजित )

परिचय

२०४९ सालमा वीरेन्द्र बहुमुखी क्याम्पस सुर्खेतबाट तत्कालीन जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियु छैटौँबाट देवकोटाले राजनीति यात्रा सुरु गरेका थिए । २०५४ सालमा तत्कालीन सुर्खेतको जर्बुटा गाविसको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार बनेर जिते पनि । २०५४ को निर्वाचनपछि भने उनी जनमोर्चा छाडेर नेकपा एमालेमा आबद्ध भए । त्यसपछि २०५६ सालमा एमाले जिल्ला कमिटीको सदस्य भए । जिल्ला उपाध्यक्ष बनेका उनी २०८१ मा नेकपा एमालेको सुर्खेतको नवौं अधिवेशनबाट अध्यक्ष बने ।  

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,५११ मत १९,३३१
निर्वाचन क्षेत्र सुर्खेत-२ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२९ साल चैत १० गते ( ५२ वर्ष )
जन्मस्थान सुर्खेतको वीरेन्द्रनगर₋११, गाग्रेतालमा
बाबु, आमा भक्तिराम देवकोटा
ठेगाना सुर्खेतको वीरेन्द्रनगर₋११, गाग्रेतालमा
शिक्षा आई एल अध्ययन
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

साबिक जर्बुटा गा.वि.स. वडा नं १ को वडाअध्यक्ष २०५४ नेकपा एमाले जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै हाल जिल्ला कमिटी अध्यक्ष

संसदीय यात्रा

देवकोटा पहिलो पटक संसदीय यात्राको लागि चुनावी मैदानमा छन् ।