नारायण कुमार कोइराला

नारायण कुमार कोइराला

१६,३७८ १४,४६४
( पराजित )

परिचय

जनचेतन, बन संरक्षण, खेलकुदको क्षेत्रमा क्रियाशील रहेको साथै कोरोना महामारी, प्राकृतिक प्रकोप (बाढी)मा उद्दार तथा राहतको कार्यमा संलग्न हुँदै आएको। क्यान्सर रोगको निदान र उपचारको लागि दुई दशकदेखि निरन्तर क्रियाशील

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१६,३७८ मत १४,४६४
निर्वाचन क्षेत्र सुर्खेत-२ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३२ साल जेठ १२ गते ( ५२ वर्ष )
जन्मस्थान सुर्खेत ,लाटिकोइली
बाबु, आमा गणेश कुमार कोइराला / लक्ष्मी कोइराला
ठेगाना सुर्खेत वीरेन्द्रनगर नगरपालिका -९
हालको ठेगाना सुर्खेत वीरेन्द्रनगर नगरपालिका -९
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

कोइरालाले २०४७ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले तत्कालीन लाटिकोइली गाउँ कमिटी सदस्यका रूपमा काम गर्ने अवसर पाए।नेपाल तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुँदै २०५८ सालमा नेपाल तरुण दल सुर्खेतको अध्यक्ष पनि बने । २०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट उनी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय उपसभापति निर्वाचित भए। यस्तै उनी २०७२ सालमा सम्पन्न १३ औँ महाधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित भए।

संसदीय यात्रा

संददीय यात्राको लागि कोइराला पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।