चक्र प्रसाद स्नेही

चक्र प्रसाद स्नेही

२,९२६ १६,२०५
( पराजित )

परिचय

२०७४ सालमा राष्ट्रिय सभा सदस्य बनेका चक्रप्रसाद स्नेही राष्ट्रिय राजनीतिमा परिचित व्यक्तित्व हुन्। उनी नेकपा एमालेका नेता हुन् र पार्टीको संगठन विस्तार तथा वैचारिक बहसमा सक्रिय भूमिका खेल्दै आएका छन्। २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी डडेलधुराबाट उम्मेदवार बनेका छन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२,९२६ मत १६,२०५
निर्वाचन क्षेत्र डडेल्धुरा-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३०-०१-०५ ( ५२ वर्ष )
जन्मस्थान डडेलधुरा
बाबु, आमा बिजुली स्नेही
ठेगाना डडेलधुरा परशुराम नगरपालिका लालढुङ्गा
हालको ठेगाना डडेलधुरा परशुराम नगरपालिका लालढुङ्गा
शिक्षा एस.एल.सि.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४६ अनेरास्ववियु प्रा. कमिटी सदस्य सिद्धनाथ मा बि जोगबुडा पन्तुरा। २०४९ अनेरास्ववियु प्रा.कमिटी सचिव सत्यबादी मा बि भोपुर बझाङ । २०५० गाउँ कमिटी सचिव शिर्ष डडेल्धुरा । २०५३ इलाका अधिवेशन संयोजक इलाका नम्बर ६जोगबुडा डडेल्धुरा । २०५६/२०५९/२०६२/२०६५ र२०६८ सम्म जिल्ला कमिटी सदस्य । २०६४देखि २०८०सम्म अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिवालय सदस्य । २०५१देखि २०८१सम्म मुक्ति समाज नेपालको अञ्चल कमिटी सचिव हुदै केन्द्रीय कमिटी सचिवालय सदस्य । २०६९ देखि २०७३सम्म अञ्चल कमिटी सदस्य । २०७४ देखि २०८० सम्म सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य । २०७४ देखि २०७८सम्म राष्ट्रिय सभा सदस्य । २०७९सालमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार ।

संसदीय यात्रा

२०७४ सालमा राष्ट्रिय सभा सदस्य