निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१७,६०९ मत ७,१९९
निर्वाचन क्षेत्र रामेछाप-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३४-०६-०५ ( ४८ वर्ष )
जन्मस्थान खाँडादेवी गाउँपालिका-५ पकरबास
बाबु, आमा वोध राज ढुंगेल / लक्ष्मी ढुंगेल
ठेगाना रामेछाप
हालको ठेगाना भत्तपुर
शिक्षा Ph.D Scholar , त्रिभुवन विश्वविध्यालय
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा(एमाले)

संसदीय यात्रा

एमाले केन्द्रीय सदस्य ढुंगेलले लामो समय विद्यार्थी राजनीति गरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुँदै एमालेको केन्द्रीय संगठन विभाग सचिव, ४ कार्यकाल केन्द्रीय कमिटीमा सदस्य बनेर संगठनात्मक जिम्मेवारी पूरा गरेका छन् । ढुंगेल विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अनुभव, राष्ट्रिय युवा परिषद्‍मा दुई कार्यकाल कार्यकारी उपाध्यक्ष, अनेरास्ववियुका विद्यार्थी फाँटको इन्चार्ज र हाल पार्टीका रामेछाप इन्चार्जको जिम्मेवारीमा रहेका ढुंगेललाई पार्टीले पहिलो पटक सांसदको टिकेट दिएको हो ।

कार्यकारी जिम्मेवारी

२०७२ फाल्गुन देखि २०७८ असोजसम्म युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद, नेपालको कार्यकारी उपाध्यक्षको जिम्मेवारीमा रहे ।

राजनीतिक घटनाक्रम

२०४६ सालमा अनेरास्ववियु प्रा.क. सचिव, २०४८ सालमा अनेरास्ववियु जि.क. सदस्य, २०५० सालमा अनेरास्ववियु जि.क. उपाध्यक्ष, २०५३ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष, २०५४ सालमा अनेरास्ववियु अन्चल कमिटी सदस्य, २०५६ सालमा अनेरास्ववियु नेपाल ल क्याम्पस सचीव, २०५६ सालमा अनेरास्ववियु नेपाल ल क्याम्पस अध्यक्ष, २०५७ सालमा अनेरास्ववियु रा.प.स., २०५७ सालमा अनेरास्ववियु केन्द्रीय सदस्य, २०५९ सालमा अनेरास्ववियु केन्द्रिय सदस्य, २०५९ सालमा अनेरास्ववियु बाग्मती अन्चल अध्यक्ष, २०६१ सालमा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य * २०६३ सालमा अनेरास्ववियु केन्द्रिय सचिव, २०६५ सालमा अनेरास्ववियु केन्द्रिय महासचिव, २०६७ सालमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष, २०७० सालमा नेकपा एमाले बिधार्थी विशेष कमिटीको अध्यक्ष, २०७१ सालबाट नेकपा एमाले केन्द्रिय सदस्यमा जिम्मेवारी निर्वाह गरिरहेको र अहिले रामेछाप जिल्ला इन्चार्ज ।