राम चन्द्र खडका

राम चन्द्र खडका

१६,३०७ ८,५०१
( पराजित )

परिचय

सुनापति गाउँपालिका–४ झिंगटीटोलका स्थायी बासिन्दा रामचन्द्र खड्का यसअघि २०७० सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा रामेछाप क्षेत्र नं २ बाट नेपाली काँग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए । शिक्षण पेशामा आबद्ध खड्का शिक्षासँगै राजनीतिमा पनि सक्रिय रहँदै आएका नेता हुन् । उनी नेपाली काँग्रेस रामेछापको जिल्ला सभापति भएर डेढ दशकभन्दा बढी समय नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । पार्टी संगठन विस्तार, कार्यकर्ताबीच एकता कायम राख्न र जिल्लामा काँग्रेसको आधार मजबुत बनाउन खड्काको योगदान उल्लेखनीय रहेको छ । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१६,३०७ मत ८,५०१
निर्वाचन क्षेत्र रामेछाप-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१७-१०-१३ ( ६५ वर्ष )
जन्मस्थान रामेछाप सुनापति गाउँपालिका-४ झिगंटी टोल
बाबु, आमा भक्त बहादुर खडका / देवकुमारी खड्का
ठेगाना रामेछाप सुनापति गाउँपालिका झिगंटी टोल
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली काँग्रेस

संसदीय यात्रा

२०७० सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा रामेछाप क्षेत्र नं २ बाट पराजित तत्कालीन नेकपा माओवादीका श्यामकुमार श्रेष्ठसँ पराजित भए । त्यसपछि पार्टी संगठन विस्तार, कार्यकर्ताबीच एकता कायम राख्न र जिल्लामा काँग्रेसको आधार मजबुत बनाउन खड्का निरन्तर लागिरहे । अहिले उनी प्रतिनिधसभा सदस्य निर्वाचनको उम्दवार बनेका छन् ।

कार्यकारी जिम्मेवारी

२०५७ सालदेखि नेपाली कांग्रेस रामेछापको सभापति भए र तीन कार्यकाल नेतृत्व गरेँ । संगठन निर्माण, आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासमा सधैं जोड दिए । १३औँ महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गरे ।

राजनीतिक घटनाक्रम

२०३० सालको घटनापछि पक्राउ परे । २०३१–३२ को विद्यार्थी आन्दोलनमा सक्रिय रहे । त्यसबेला उनले बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेरजस्ता नेताहरूलाई प्रत्यक्ष देख्ने, आन्दोलनमा सहभागी हुने अवसर पाए । २०३३ सालमा बीपी कोइराला नेपाल फर्किँदा स्वागत गर्न जाँदा उनीमाथि कुटपिटसमेत भयो । त्यसपछि कांग्रेसको क्रियाशील सदस्य बने, शिक्षक पेशामा बसेर पनि पार्टी संगठन बलियो बनाउने काम गरे। २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन- यी सबैमा प्रत्यक्ष सहभागी भए । २०४६ मा शिक्षक भइसकेका खड्का पुलिस कस्टडीमा परे ।