गगन कुमार थापा

गगन कुमार थापा

२२,८३१ १२,८५७
( पराजित )

परिचय

नेपाली कांग्रेसका सभापती गगन थापा काठमाडौं ४ बाट तीनपटक निर्वाचित भइ यसपटक सर्लाही ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् । थापा २०६४ देखि निरन्तर प्रतिनिधिसभा सदस्य हुँदै  आएका छन् । उनी २०७३ सालमा स्वास्थ्यमन्त्री भएका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२२,८३१ मत १२,८५७
निर्वाचन क्षेत्र सर्लाही-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२१,३०२ मत
निर्वाचन क्षेत्र काठमाडौं-४ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३३-०४-०४ ( ४९ वर्ष )
जन्मस्थान काठमाडौैं
बाबु, आमा महेन्द्र कुमार थापा क्षेत्री / रामेश्वरी थापा
पारिवारिक विवरण श्रीमती अञ्जना केसी र २ छोरी ।
ठेगाना काठमाडौं काठमाडौँ महानगरपालिका शीतल गल्ली
शिक्षा एम.ए.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सहभागिता । कांग्रेसको विद्यार्थी संगठन नेविसंघ संगठित । २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित । त्रिचन्द्रमा स्ववियु सचिव २०५३ र २०५५ मा सभापति निर्वाचित । त्रिभुवन विश्वविद्यालय सिनेट सदस्य । २०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष । २०५९ सालमा नेविसंघको महामन्त्री । २०६८ मा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत । हाल कांग्रेस महामन्त्री ।

संसदीय यात्रा

संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित । प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं ४ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

स्वास्थ्यमन्त्री २०७३ ।