रामप्रसाद सापकोटा

रामप्रसाद सापकोटा

१,३२३ ४१,०११
( पराजित )

परिचय

दिपशिखा उपनामले परिचित रामप्रसाद सापकोटा नेपाली कम्युनिष्ट पार्टीबाट भक्तपुर–२ का उम्मेदवार हुन्।  पूर्ब अध्यक्ष वाइसीएल नेपाल, नेकपा केन्द्रीय सदस्य 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१,३२३ मत ४१,०११
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०१-१५ ( ४५ वर्ष )
बाबु, आमा दुर्गा प्रसाद सापकोटा / मनमाया सापकोटा
ठेगाना भक्तपुर मध्यपुर थिमी नगरपालिका
हालको ठेगाना मध्यपुर थिमी नगरपालिका ३, भक्तपुर
शिक्षा स्वअध्ययन
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५३ सालमा अनेरास्ववियु तथा नेकपा (एमाले) परित्याग गरी माओवादीद्वारा नेतृत्व गरिएको जनयुद्धमा सहभागी भई २०५४ सालदेखि पूर्णकालीन रूपमा संलग्न हुँदै पार्टी सदस्यता प्राप्त गरे । २०५५ सालमा दोलखामा पूर्वी कमाण्डका लागि पहिलो गुरिल्ला तालिम लिएर २०५६ सालमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा पार्टी समिति सदस्य तथा अनेरास्ववियु फ्याक्सन इन्चार्जको जिम्मेवारी निर्वाह गरे । २०५७ सालमा पहिलो पूर्वी क्षेत्र गुरिल्ला टास्कफोर्स सदस्य बनेका उनी २०५८ सालमा दोलखाको चारिकोटबाट गिरफ्तार भई २०५९ सालको पहिलो माओवादी–सरकार युद्धविरामका क्रममा रिहा भएपछि पुनः जनमुक्ति सेनामा प्लाटुन कमाण्डरका रूपमा सक्रिय रहे । त्यसपछि २०६०–२०६२ मा माओवादी सिन्धुपाल्चोक सचिवालय सदस्य, जिल्ला समिति सचिव, ताम्सालिङ उप–क्षेत्रीय ब्युरो सदस्य तथा काठमाडौँ स्टेशन टास्कफोर्सका बटालियन कमाण्डरको जिम्मेवारी सम्हाले । २०६४ सालदेखि युवा कम्युनिष्ट लिग (YCL) भक्तपुर जिल्ला अध्यक्ष, २०६६ मा केन्द्रीय समिति सदस्य, २०७३ मा महासचिव तथा नेकपा (माओवादी) केन्द्रीय समिति सदस्य बनेका उनी २०७४ मा YCL राष्ट्रिय अध्यक्षमा निर्वाचित भए । २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (NCP) को केन्द्रीय समिति सदस्य, २०७६ मा पार्टीको युवा संगठन संयोजक, २०७७ मा पार्टी विभाजनपछि पुनः YCL अध्यक्ष र २०७८ सालदेखि नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय समिति सदस्य तथा युवा कम्युनिष्ट लिग (YCL) इन्चार्जका रूपमा सक्रिय छन्।

राजनीतिक घटनाक्रम

२०५८ र २०६२ साल गरेर दुईपटक गरेर १ वर्ष जेल बसेका