निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३० मत ४२,३०४
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३५-०८-२० ( ४७ वर्ष )
जन्मस्थान सान्नी त्रिवेणी गाउँपालिका - 1, कालिकोट
बाबु, आमा जक्तिराम जैसी / अमृता जैसी
पारिवारिक विवरण छोरा-१ छोरी १
ठेगाना कालिकोट सान्नी त्रिवेणी गाउँपालिका लुसा
हालको ठेगाना भक्तपुर-२ निलबाराही (मुलपानी)
शिक्षा स्नातक(पत्रकारिता)
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५६ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भई राजनीतिमा सक्रिय भएर माओवादी आन्दोलनमा संलग्न रहँदा पार्टी भूमिगत भए पनि जैसीले विद्यार्थी संगठनमार्फत गतिविधि जारी राखे। नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य रहे। उनी अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष तथा क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष छन्।

कार्यकारी जिम्मेवारी

प्रगतिशील लोकतान्त्रिक पार्टी केन्द्रीय समिति सदस्य जन्मदेव जैसी सो पार्टीबाट भक्तपुर–२ का उम्मेदवार हुन्।

राजनीतिक घटनाक्रम

२०५६ सालमै माओवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परी हनुमानढोकामा २४ दिन हिरासत बसे । करिब दुई वर्ष जेल जीवन बिताए, २०५८ सालमा शान्ति वार्तापछि रिहा भए।