जानुका पाठक

जानुका पाठक

२३ ४२,३११
( पराजित )

परिचय

जेन–जी आन्दोलनको आइकोनिक जुत्तालाई चुनाव चिह्न राखेको नेपाल जनसेवा पार्टीबाट भक्तपुर–२  उम्मेदवार ३३ वर्षिय जानुका पाठक १५ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा चोसो राख्दै आएकी छिन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२३ मत ४२,३११
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाल जनसेवा पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४९-०५-१९ ( ३३ वर्ष )
जन्मस्थान ज्वालामुखी गाउँपालिका वार्ड नं ७, चैनपुर (धादिङ)
बाबु, आमा गोकुल पाठक / लक्ष्मी पाठक
पारिवारिक विवरण सामुहिक परिवार
ठेगाना काठमाडौं नागार्जुन नगरपालिका शरणपुर
हालको ठेगाना नागार्जुन नगरपालिका, ०५ काठमाडौँ
शिक्षा स्नातक तह अध्ययन गर्दै
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्घमा केन्द्रीय सदस्य हुँदै हाल नेपाल जनसेवा पार्टीको केन्द्रीय सदस्य।

कार्यकारी जिम्मेवारी

श्री सालबास उच्च माविदेखि राजनीति क्षेत्रमा सक्रिय। क्षेत्रीय कमिटीदेखि केन्द्रीय कमिटीसम्म जिम्मेवारी। नेपाल रेडक्रस सोसाइटीमा विद्यालय र जिल्लास्तरमा पदाधिकारीसहित लामो अनुभव। नेपाल विश्वहिन्दु महासङ्घको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख (दुई कार्यकाल)। गुरुका रक्षा इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष।