युवराज दुलाल

युवराज दुलाल

२१,६९९ २,५५३
( निर्वाचित )

परिचय

कलिलो उमेरमै तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा होमिएका दुलाल यही क्षेत्रबाट दुईपटक बागमती प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् । ०७४ र ०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (१) बाट प्रतिस्पर्धा गरेर जित हासिल गरेका थिए । ०७४ देखि ०७७ सालसम्म बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र ०७९ देखि ८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरेका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२१,६९९ मत २,५५३
निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३९-११-०७ ( ४३ वर्ष )
जन्मस्थान साँगाचोकगढी नगरपालिका–७, सानो सिरुवारी
बाबु, आमा गुरु प्रसाद दुलाल / झम्कमाया
ठेगाना सिन्धुपाल्चोक
हालको ठेगाना चौतारा साँगाचोकगढी नगरपालिका
शिक्षा masters
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कम्युनिष्ट पार्टी

संसदीय यात्रा

२०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघ सम्म गरई दुई पटक बागमती प्रदेश सभा सदस्यका रूपमा निर्वाचित

राजनीतिक घटनाक्रम

२०५१ सालदेखि अखिल क्रान्तिकारीमा संगठित २०५२ सालदेखि माओवादी आन्दोलनमा सक्रिय सशस्त्र युद्धको बेला जनमुक्ति सेनाको बिग्रेड कमाण्डरको भूमिका