क्षितिज थेवे

क्षितिज थेवे

१३,९६२ २,२५१
( निर्वाचित )

परिचय

नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे ताप्लेजुङको सिरीजंघा गाउँपालिका-१ सिनाममा जन्मिएका हुन् । उनले एसएलसीसम्मको अध्ययन गाउँकै सिनाम माविबाटै गरे । उच्च शिक्षाका लागि काठमाडौं गएका उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।  पारिवारिक रुपमा राजनीतिक पृष्ठभूमिका उनले नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । अनेरास्ववियुपछि युवा संघको केन्द्रीय सदस्य, सचिव, उपाध्यक्ष हुँदै दुईपटक केन्द्रीय अध्यक्षको जिम्मेवारी पाए । एमालेको प्रदेश कमिटी सदस्य हुँदै पछिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी जनप्रतिनिधिका लागि पहिलोपटक चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । थेवेका श्रीमती र एक छोरा छन् ।  थेवेका पिता भुपेन्द्र संविधानसभा सदस्य हुन् भने माता उर्मिला २०७९ मा एमालेको समानुपातिक सूचीबाट सांसद बनेकी हुन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१३,९६२ मत २,२५१
निर्वाचन क्षेत्र ताप्लेजुङ-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४४-०८-२७ ( ३८ वर्ष )
जन्मस्थान सिरीजंघा गाउँपालिका-१ सिनाम
बाबु, आमा भुपेन्द्र थेवे / उर्मिला थेवे
ठेगाना ताप्लेजुङ सिरीजंघा गाउँपालिका-१ सिनाम मादिबुङ
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

राजनीतिक घटनाक्रम

पारिवारिक रुपमा राजनीतिक पृष्ठभूमिका उनले नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । अनेरास्ववियुपछि युवा सङ्घको केन्द्रीय सदस्य,  सचिव, उपाध्यक्ष हुँदै दुईपटक केन्द्रीय अध्यक्षको जिम्मेवारी पाए ।  नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुँदै पछिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । उनका पिता भुपेन्द्र संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित संविधानसभा सदस्य हुन् भने माता उर्मिला २०७९ मा एमालेको समानुपातिक सूचीबाट सांसद बनेकी हुन् ।