गजेन्द्र प्रसाद तुम्याङ लिम्बु

गजेन्द्र प्रसाद तुम्याङ लिम्बु

११,७११ २,२५१
( पराजित )

परिचय

ताप्लेजुङको सिरीजङ्गा गाउँपालिका-७ खेवाङमा २०३६ सालमा जन्मिएका गजेन्द्र प्रसाद तुम्याहाङ निरन्तर नेपाली काङ्ग्रेसको राजनीतिक यात्रामा होमिएका व्यक्ति हुन् । तुम्याहाङले काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरे । गणेश माध्यमिक विद्यालय खेवाङको इकाइबाट राजनीति प्रारम्भ गरेका तुम्याहाङ नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति, नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सचिव हुँदै जिल्ला सभापतिको जिम्मेवारीमा पुगे ।  गणेश माविबाट एसएलसी उत्तीर्ण गरेका उनले पाथीभरा क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पनि पूरा गरे । आफू अध्यक्ष रहेका बेला सप्ताह पुराण लगाएर स्नातक तहसम्मको पढाइ हुने क्याम्पसलाई स्नातकोत्तर तहसम्मको बनाए । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक लगायतको भूमिका निर्वाह गरेका उनको संसदीय क्षेत्रमा भने पहिलो अभ्यास हो । तुम्यहाङका श्रीमती र दुई छोरी छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,७११ मत २,२५१
निर्वाचन क्षेत्र ताप्लेजुङ-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३६-०५-११ ( ४६ वर्ष )
जन्मस्थान सिरीजङ्गा गाउँपालिका ७ खेवाङ, ताप्लेजुङ
बाबु, आमा पूर्णबहादुर लिम्बु
ठेगाना ताप्लेजुङ
हालको ठेगाना सिरीजङ्गा गाउँपालिका ७ खेवाङ, ताप्लेजुङ
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष