खेल प्रसाद बुडाक्षेत्री

खेल प्रसाद बुडाक्षेत्री

६,७७५ ७,१८७
( पराजित )

परिचय

ताप्लेजुङको सिरिजङगा गाउँपालिका ५ पेदाङमा बिक्रम सम्वत २०३२ मंसिर १२ गते जन्मीएका खेलप्रसाद वुढाक्षेत्री पराग नेपाली कम्युनिष्ट पार्टीबाट दोश्रो पटक उम्मेद्धार बनेका हुन् । २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको साझा उम्मेद्धारको रुपमा रहेका उनी २ सय ८ मतले पराजित भएका थिए । उनी नेकपा एमालेका उम्मेद्धार योगेश कुमार भट्टराईसँग झिनो मतान्तरले पराजीत हुँदा दोश्रो पटक प्रतक्ष तर्फको उम्मेद्धार बनेका हुन् ।  जिल्लाका सबैजसो राजनीतिकदल आआफ्नो पार्टीको चुनाव चिन्ह लिएर चुनावी प्रतिष्पर्धामा रहेकाबेला नेपाली कम्युनिष्ट पार्टीमाभने माओवादी, नेकपाएस लगायत २३ दल समाहित भएका छन् । ०७९ को निर्वाचनमा माओवादी केन्द्रले समानुपातिक तर्फ ५ हजार १ सय ६१ एकिकृत समाजवादीको १ हजार ५ मत ४५ मत रहेको थियो ।  किसान, उत्पादन मुखि उपभोत्ता स्वरोजगार लगायतका मुद्धा लगाएका उनले संसदिय निर्वाचनकालागि भने आफु अन्तिम पटकको प्रतिष्पर्धामा रहेको प्रतिकृया दिइरहेका छन् । वुढाक्षेत्रीलाई पार्टीले सर्वसम्मत उम्मेद्धारको रुपमा अगाडि वढाएको थियो । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,७७५ मत ७,१८७
निर्वाचन क्षेत्र ताप्लेजुङ-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२१,७३५ मत
निर्वाचन क्षेत्र ताप्लेजुङ-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३२-०८-१२ ( ५० वर्ष )
बाबु, आमा शम्सेर बहादुर बुडाक्षेत्री
ठेगाना ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका चिचिहाङ्ग
शिक्षा I.s.c
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा