परिचय
पोखरा–२८ मा जन्मिएका बाबुराम थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। चार दशक लामो राजनीतिक अनुभव बोकेका उनले पृथ्वीनारायण क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरेका छन्। विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी भ्रष्टाचार नियन्त्रण, सुकुम्बासी समस्या समाधान र स्वदेशमै रोजगारी सिर्जना गर्ने एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। लामो समय विभिन्न राजनीतिक संगठनमा काम गरेका उनी अहिले जनताको घरदैलोमा पुगेर आफ्नो योजना प्रस्तुत गरिरहेका छन्।
कास्की-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
९७८ मत
३८,९०५
|
| निर्वाचन क्षेत्र | कास्की-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२३-०९-१४ ( ५९ वर्ष ) |
| जन्मस्थान | पोखरा–२८, कास्की |
| बाबु, आमा | खड्ग बहादुर थापा |
| ठेगाना | कास्की |
| हालको ठेगाना | पोखरा–२८, कास्की |
| शिक्षा | व्यवस्थापन विषयमा स्नातक |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
राष्ट्रिय प्रजातन्त्र पार्टी
संसदीय यात्रा
२०७९ : कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा पराजित
राजनीतिक घटनाक्रम
बाबुराम थापाको राजनीतिक यात्रा २०३५ सालमा तत्कालीन एमाले निकट अखिल पाँचौंमार्फत सुरु भएको हो। पिएन क्याम्पसको प्रारम्भिक कमिटीमा रहेर संगठन निर्माण गरेका उनले त्यसपछि एमालेसम्बद्ध विभिन्न भातृ तथा जनसंगठनमा सक्रिय भूमिका निर्वाह गरे। लामो समय एमालेमा आवद्ध रहेका उनले २०७९ सालमा उक्त पार्टी त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन्। सोही वर्ष कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका उनी हाल राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार छन्।