परिचय
पोखरा भद्रकालीकी ३७ वर्षीया मनीषा द्वा खगोल, भौतिक तथा अन्तरिक्ष विज्ञानमा सक्रिय युवा हुन्। सानैदेखि आकाश र ब्रह्मान्डमा चासो राख्ने उनी पृथ्वीनारायण (पिएन) क्याम्पसबाट भौतिक विज्ञानमा अध्ययन गरेकी छन् र हाल एस्ट्रो फिजिक्समा पिएचडी गरिरहेकी छन्। विज्ञान र प्रविधिको प्रयोगमार्फत विकास र समृद्धि सम्भव हुने विश्वासका साथ उनी नेपालमा महिला एस्ट्रो फोटोग्राफर, एस्ट्रो टुरिजम कार्यकर्ता, र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खगोल संगठनमा सक्रिय रहिएकी छन्।
कास्की-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
६७० मत
३९,२१३
|
| निर्वाचन क्षेत्र | कास्की-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | उज्यालो नेपाल पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०४३-११-२५ ( ३८ वर्ष ) |
| जन्मस्थान | पोखरा भद्रकाली, कास्की |
| बाबु, आमा | केशव कुमार द्धा |
| ठेगाना | कास्की |
| हालको ठेगाना | पोखरा भद्रकाली, कास्की |
| शिक्षा | भौतिक विज्ञानमा स्नातक; हाल एस्ट्रो फिजिक्समा पिएचडी |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
उज्यालो नेपाल पार्टी
राजनीतिक घटनाक्रम
प्लेटफर्म पाएर आफ्नो विज्ञान र प्रविधि आधारित दृष्टिकोण जनतासँग बाँड्ने उद्देश्यले मनीषा उज्यालो नेपाल पार्टीमा जोडिएकी छन् र कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवार बनेकी छन्। उनी विज्ञान, शिक्षा र प्रविधिलाई राजनीतिक एजेन्डामा प्राथमिकतामा ल्याउने लक्ष्यका साथ राजनीतिक रूपमा सक्रिय छिन्।