परिचय
रश्मि आचार्य नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता हुन् । पोखरा महानगरपालिका–३३ मा जन्मिएका ४५ वर्षीय आचार्य लामो समयदेखि विद्यार्थी राजनीतिमार्फत स्थापित भएका नेता हुन् । अनेरास्ववियु हुँदै पार्टीको विभिन्न जिम्मेवारी सम्हालेका उनी हाल एमालेको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् । राजनीतिशास्त्र र कानुन विषयमा अध्ययन गरेका तथा अधिवक्ताका रूपमा समेत काम गरेका आचार्य प्रतिनिधि सभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
कास्की-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
७,४९३ मत
२४,४१८
|
| निर्वाचन क्षेत्र | कास्की-२ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०३७-०५-०८ ( ४५ वर्ष ) |
| जन्मस्थान | पोखरा महानगरपालिका–३३ कास्की |
| बाबु, आमा | रघुनाथ आचार्य |
| ठेगाना | कास्की पोखरा महानगरपालिका गैरागाउँ |
| हालको ठेगाना | पोखरा महानगरपालिका–३३ कास्की |
| शिक्षा | राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक (एलएलबी) , अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा विद्यावारिधि (पिएचडी) अध्ययनरत |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेकपा (एमाले)
राजनीतिक घटनाक्रम
विद्यालय जीवनदेखि अनेरास्ववियुबाट राजनीति सुरु
विसं २०५६ मा नेकपा एमालेको संगठित सदस्यता प्राप्त
अनेरास्ववियु कास्की अध्यक्ष (२०६०)
पृथ्वीनारायण क्याम्पस स्ववियु सचिव (२०६२)
अनेरास्ववियु गण्डकी अञ्चल कमिटी अध्यक्ष (२०६३)
पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति (२०६५)
विसं २०६६ मा एमाले कास्की जिल्ला कमिटी सदस्य
अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष (२०६७)
अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष (२०६९)
विसं २०७८ मा एमाले गण्डकी प्रदेश उपसचिव
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित